२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

रेडक्रस स्वयंसेवकहरुलाई पूर्ण खोपसम्बन्धी अभिमुखीकरण

सोमवार , बैशाख ५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ५ वैशाख ।
    नेपाल  रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रुपन्देहीले आइएफआरसीको साझेदारीमा रेडक्रस स्वयंसेवकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    गैडहवा गाउँपालिका स्वयंसेवकहरुलाई कोभिड–१९ विरुद्धको खोपलाई शतप्रतिशत पुर्याउनुका लागी अभिमुखिकरण सम्पन्न भएको रेडक्रस रुपन्देही शाखाले जनाएको छ । 

    कार्यक्रममा रेडक्रस रुपन्देहीका सभापति प्रेम लाल उदास, स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साह, रेडक्रस सोसाइटी गैडहवा उपशाखा सभापति रमेश ठाकुर,  गैडहवा उपशाखा उपसभापति मन्जु न्यौपाने, वरिष्ठ जिल्ला शाखा अधिकृत कृष्ण मल्ल, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश कार्यलय कोभिड–१९ संयोजक समिक्षा गुरुङ लगायतले बोलेका थिए । रुपन्देहीको श्रोत व्यक्ति सुरक्षा भट्टराई लगायतले सहजीकरण गरेका थिए ।