२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

हाम्रो बारेमा

हाम्रो बारेमा


खबरपात्रो  मिडिया प्रा.लि. द्वारा सञ्चालित खबरपात्रो डटकम लुम्बिनी प्रदेशको महत्वपूर्ण जिल्ला तथा नेपालको सञ्चार क्षेत्रमा अग्रणी जिल्लाको रूपमा परिचित रुपन्देहीको सदरमुकाम विश्व शान्तिको मुहान लुम्बिनीको प्रवेशद्वार भैरहवाबाट सञ्चालित समाचार तथा सूचनामुलक अनलाइन पोर्टल हो । यस क्षेत्रका सफल उद्योगी, व्यवसायी, चिकित्सा पेशामा संलग्नहरू तथा शिक्षाविद्हरूको व्यवस्थापकीय एवं सञ्चार क्षेत्रमा लामो अनुभव बटुल्नुभएका व्यक्तिहरूको सम्पादकीय संलग्नता यस अनलाइनमा रहेको छ ।

उद्योग–व्यवसायको प्रबद्र्धन, शिक्षा, स्वास्थ्य, रोजगार एवं समग्र आर्थिक क्षेत्रको विकास तथा सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रको सकारात्मक रुपान्तरण गर्ने मुख्य उद्देश्यका साथ यो अनलाइन स्थापना गरिएको हो । सत्य र तथ्यमा आधारित तथा खोजमुलक समाचार, सही सूचना, विचार र  अन्तरवार्ता सम्प्रेषण गर्ने हाम्रो पहिलो प्राथमिकता हुनेछ । लोकतान्त्रिक गणतन्त्र, संघीयता, राष्ट्रियता, मानवअधिकार, प्रेस स्वतन्त्रताको रक्षा तथा सुचनाको हक स्थापित गर्न हामी सदैव प्रतिवद्ध रहनेछौ ।