२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

पूर्व कर्मचारी कल्याण समूहद्वारा बालगृहलाई सहयोग

मंगलवार , बैशाख ६, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ६ वैशाख ।
    पूर्व कर्मचारी कल्याण समूह भैरहवा, रुपन्देहीले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहलाई आर्थिक सहयोग गरेको छ । समूहका अध्यक्ष हरि अर्यालले एक कार्यक्रमकाबीच बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई नगद रु. ११ हजार हस्तान्तरण गरेका हुन् ।  

    कार्यक्रममा पूर्व कर्मचारी कल्याण समूहका पूर्व अध्यक्ष तथा सल्लाहकार विजय गोविन्द श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार तिलक ज्ञवाली, सल्लाहकार अनिल गुरुङ, कोषाध्यक्ष बेचन गुप्ता, सह–सचिव लक्ष्मण पौडेल, सदस्य गुप्तबहादुर के.सी. लगायतको उपस्थिति रहेको थियो  कार्यक्रमको सञ्चालन समूहका महासचिव अरुण कर्णले गरेका थिए ।