images

शनिवार, बैशाख १५ गते २०८१

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन खेलाडीहरु भारत जाँदै

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन खेलाडीहरु भारत जाँदै

images
images
images
मंगलवार, बैशाख ६ २०७९
मंगलवार, बैशाख ६ २०७९
  • अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन खेलाडीहरु भारत जाँदै

    भैरहवा, ६ वैशाख ।

    images

    आगामी वैशाख १० र ११ गते भारतमा हुने स्पोर्ट्स फेस्टिबल–२०२२ को अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन खेलाडीहरु भारत जाने भएका छन् । जापान गोजुरियो कराँते डो मिसन संघ भैरहवा रुपन्देहीको नेतृत्वमा १७ खेलाडी र ६ जना अफिसियल गरी २३ जनाको टिम भारत जान लागेको संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए ।

    प्रतियोगिता भारतको बेष्ट बंगालस्थित न्यु दिघामा हुनेछ । खेलमा भाग लिनका लागि खेलाडीहरु ९ गते नेपालबाट भारत प्रस्थान गर्ने तय भएको छ । भारत, बंगलादेश, नेपालका कराँते खेलाडीहरुको सहभागितामा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुन लागेको हो । प्रत्येक वर्ष हुने कराँते प्रतियोगिता कोभिड–१९ का कारण २ वर्षदेखि हुन सकेको थिएन् ।

    नेपालबाट सहभागि हुने टीमले जुनियर, सव जुनियर र सिनियर गरी ३ विधामा खेल खेल्ने संस्थापक अध्यक्ष रानाले जानकारी दिए ।

    नेपाल कराँते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सी.ले नेपाली कराँते खेलाडीले विगतमा झै प्रतियोगिताकै च्याम्पीयनसीप भएर नेपाल फर्किने बताए । उनले भने, ‘नेपाली टीमले अन्तराष्ट्रिय प्रतियोगिता जितेर नेपाल आउनेछ , प्रतियोगितामा सहभागी टीम कोच तथा खेलाडीको उत्साह र क्रियाशीलताले हामीलाई विश्वास बढाएको छ । ’

     प्रतियोगितामा स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल, भारतसहित ४ देशका खेलाडी सहभागी हुनेछन् ।

    यसअघि मिसन संघको नेतृत्वको नेपाली टीमले सन् २०१४ मा पुनामा भएको वल्र्ड च्याम्पियनसिप अवार्ड, सन् २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन् २०२१ मा पटनामा इन्टरनेशनल च्याम्पिसयनसीप र सन २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पिसयनसीप अवार्ड जितेको थियो ।

    जापान गोजुरियो सन् २००४ मा स्थापना भएको हो । हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ डोजो छन् । खेलाडीहरुलाई जिल्ला बार रुपन्देहीका पुर्व अध्यक्ष धर्म बहादुर खड्का, जापान गोजुरीयो मिसन डो संघका केन्द्रिय उपाध्यक्ष सतिष चौधरी, धना थापा लगायतले शुभकामना दिएका थिए ।  प्रतियोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्ष भन्दा माथिको उमेर समूहका खेलाडीले कुमुतें र काता विधामा प्रतिष्पर्धा गर्नेछन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij