२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

रुपन्देहीमा कोरोनाबाट निको हुनेको संख्या ५ हजार नाघ्यो

शुक्रवार , कार्तिक २१, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २१ कार्तिक ।

    रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ५ हजार नाघेको छ । शुक्रबार सांझ ४ः३० बजेसम्म कोरोनाबाट निको हुनेको संख्या ५ हजार २ सय ८९ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले जानकारी दिए ।

    त्यस्तै रुपन्देहीमा शुक्रबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा २१ महिला र ३९ जना पुरुष छन् ।
    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका २२, सिद्धार्थनगर नगरपालिकाका १४, तिलोत्तमा नगरपालिकाका १२, सैनामैना नगरपालिकाका ५, कञ्चन गाउँपालिका र मायादेवी गाउँपालिकाका २/२, ओमसतिया, रोहिणी र कोटहीमाई गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ८ सय १ पुगेको छ । जिल्लामा १ हजार ४ सय ३७ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय अनुसार हालसम्म रुपन्देहीमा ७५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।