images

शुक्रवार, बैशाख १४ गते २०८१

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु

images
images
images
बिहिवार, बैशाख ८ २०७९
बिहिवार, बैशाख ८ २०७९
  • दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु

    बुटवल, ८ वैशाख ।
    बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ सुरु भएको छ । प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै रुपन्देही खेल पर्यटनको सम्भावना बोकेको क्षेत्र भएको बताए । 

    images

    कार्यक्रममा लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने भूमिकालाई स्थानीय क्लबहरुबाट आयोजना गरेर उदाहरणीय काम गरेको बताए । खेलकुदको विकासक्रमलाई हेर्दा ग्रिसबाट सुरु भएर लामो समयपछि नेपालमा भित्रिएको छोटो समयमा नै उपलब्धि हासिल गरेको उनले बताए । सबैभन्दा धेरै खेलाडीहरु अट्ने खेलहरु ब्याडमिन्टन भएको उनले दावी गरे । 

    नगरप्रमुख सुवेदीले प्रमुख रेफ्रि अनुप रत्न शाक्यलाई सटल कक हस्तान्तरण गरी सपथ लिएर खेल सुरुवात गरिएको थियो । यसैबीच कार्यक्रममा ब्याडमिन्टनमा नेपालको वरियतामा नम्बर एक दिपेश धामी, दोस्रो विष्णु कटुवाल र तेस्रो सुदिप सेढाइ तथा महिलातर्फ पहिलो नम्बरका रसिला महर्जन, दोस्रो वरियताका जेसिका गुरुङ र तेस्रो सोभा गौचनलाई क्लबका अध्यक्ष गोपाल टण्डनले सम्मान गरेका थिए । उद्घाटन दिनको सो म्याचको मेन्स डबल्समा कास्कीका विशाल खड्का र विधान अधिकारीको जोडीले नेपाल त्रिभुवन क्लबका रुपेश महर्जन र प्रफल महर्जनको जोडीलाई २१–१८ को सेटमा पराजित गरेका छन । 

    मेन्स डबल्सतर्फ १५, मेन्स सिगलमा ११ र वुमन्स सिगलमा २ खेल सम्पन्न भएका छन । पहिलो दिनको मेन्स सिगलतर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबका प्रबिण लिङ्गथेलले लाफा समूहका सुशिल गिरीलाई २१–१५, २१–११ का सोझो सेटमा, कास्कीका विधान अधिकारीले कैलालीका रोशन साउदलाई २१–१३, २१–११ को सोझो सेटमा, सिल्क ग्रुपका नरेन्द्र बलले बुटवल ब्याडमिन्टनका विश्वास नेपाललाई २१–१८, २१–१८ को सोझो सेटमा, विभागिय एपीएफका सुमन लिम्बुले बुटवल ब्याडमिन्टनका डिबि रायमाझीलाई २१–९, २१–१४ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका डेबिड थापा मगरले लाफाका बिबेक न्यौपानेलाई २१–१३, २१–१२ को सोझो सेटमा, त्रिभुवन आर्मी क्लबका प्रफुल मर्हजनले लाफाका मनोज फौज्दारलाई २१–११, २१–३  को सोझो सेटमा, बुटवल वाटर पार्कका अरबिन श्रीपालीले लाफाका बिरजन बस्नेतलाई २१–५, २१–९ को सोझो सेटमा, बुटवल ब्याडमिन्टनका कृश नेपालले कैलालीका चन्द्रीका कठारीयालाई २२–२०, २१–१४ को सोझो सेटमा, बुटवलका गणेश रायमाझीले सुर्खेतका अनिल मल्ललाई २१–८, २१–६ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । 
    आजै भएको वुमन्स सिगलतर्फको खेलमा वाक ओभर पाउँदै बुटवल ब्याडमिन्टनका पुजा बिष्ट दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

    मेन्स डबल्सतर्फको खेलमा गुल्मी÷बुटवल वाटर पार्कका विवेक शर्मा र अरबिन श्रीपालीको जोडीले बुटवल ब्याडमिन्टन क्लबका पदम केसी र भानु खत्रीको जोडीलाई २१–१३, २५–२३ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी मेन्स डबल्सतर्फ नै कैलालीका चन्द्रीका कठारिया र रोशन साउदको जोडीले भैरहवाका अर्जुन क्षेत्री र आरसी खनालको जोडीलाई २१–१२, २१–१३ को सेटमा, कास्कीका विधान अधिकारी र बिशाल खड्काको जोडीले  बुटवल ब्याडमिन्टनका शम्भु भट्टराई र लालमणी पन्थीको जोडीलाई १७–२१, २१–१२, २१–१३ को सेटमा, लाफाको शुशिल गिरी र विबवक न्यौपानेको जोडीले पाल्पाका भिम कुवर र सतोष नेपालको जोडीलाई २१–८, २१–१० को सोझो सेट, लाफा र बुटवलका मनोज फौज्दार र डि.बी. रायमाझीको जोडीले बुटवल ब्याडमिन्टनका दल बहादुर क्षेत्री र बल्देर गोदारलाई १९–२१, २१–१४, २१–८ को सेटमा, एपीएफका दिपेश धामी र बिजित थापामगरको जोडीले कपिलबस्तुका नरेश चौधरी र आशिष थारुको जोडीलाई २१–६, २१–७ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । 

    खेलमा वाक ओभर पाउँदै कपिलबस्तुका नरेश चौधरी र आशिष थारुको जोडी, बुटवल ब्याडमिन्टन क्लबका मोहन भुसाल र नारायण तिवारीको जोडी, बुटवल ब्याडमिन्टनकै प्रकाश ज्ञवाली र कृष नेपालको जोडी, कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडी, भैरहवा ब्याडमिन्टनका अनिमेश गिरी र जीवन थापाको जोडी दोस्रो चरणमा प्रवेश गरेका छन । बिहीबार भेट्रान्स र सुपर भेट्रान्सका खेलहरुका साथै पहिलो दिनका दोस्रो चरणका खेलहरु हुनेछन् ।

    वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विधामा खेलहरु खेलाइने आयोजकले जनाएका छन् । प्रतियोगिताको मेन्स सिगल र मेन्स डबल्सतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीयलाई ३० र तृतीयलाई २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिंगलमा प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी ५५ वर्षमाथि उमेर समूहको प्रथमलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगिताका संयोजक शम्भु भट्टराईले बताए । कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवाली, द्वितीय उपाध्यक्ष नलराज नेपाल, प्रदेश खेलकुद विकास परिषदका सदस्य भरत थापा, पुर्व अध्यक्ष ईन्द्रलाल श्रेष्ठ, सचिव भरत रानाले शुभकामना दिएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij