images

शुक्रवार, चैत्र १६ गते २०८०

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

images
images
images
शुक्रवार, बैशाख ९ २०७९
शुक्रवार, बैशाख ९ २०७९
  • जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

    काठमाडौँ, ९ वैशाख। नेपाल क्रिकेट सङ्घ क्यानले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि आज राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

    images
    images
    images

    क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो र अदिल अन्सारी छन। त्यसैगरी भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला रहेका छन।

    नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज यही वैशाख १७ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म चल्नेछ भने टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ गतेसम्म चल्नेछ ।रासस 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij