२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

दाङको एक मस्जिदमा आक्रमण, आठजना घाइते 

शुक्रवार , बैशाख ९, २०७९

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • दाङ। दाङको एक मस्जिदमा अपरिचित व्यक्तिको समुहबाट आक्रमण हुँदा  आठ जना घाइते भएका छन् ।

    शुक्रबार दिउँसो करिब एकबजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिलेसुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मस्जिदमा परिसरमै इट्टा प्रहार गर्दा आठजना घाइते भएको  वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

    लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसि, सोहि वडा निवासी ३३ वर्षिय अरसद अलि, सवविर अलि, ५२ वर्षिय मोहम्मद कासिम, २९ वर्षिय सकिल अलि, ६५ वर्षिय दिल मोहम्मद मिया,  २५ वर्षिय कमाल अलि, ४२ वर्षिय मोहम्मद याकदिन अलि घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    घाइतेहरू मध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । अपरिचित व्यक्तिहरू प्रहार रहेको र उनिहरू बारे अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते मध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ ।

    मस्जिदको नेतृत्व र योजनाको बिषयमा लामो समय देखि चल्दै आएको विवादका कारण घटना घटेको बताइएको छ । घटनामा संलग्नहरुको खोजी भैरहको प्रहरीले जनाएको छ ।