२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

कराँते खेलाडीहरु भारत प्रस्थान 

शुक्रवार , बैशाख ९, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ९ वैशाख ।
    जापान गोजूरियो कराते डो मिसन संघ नेपालका कराँते खेलाडीहरु भारत प्रस्थान गरेका छन । यही वैशाख १० गते र ११ गते भारतको वेस्ट बंगाल हुने स्पोर्ट्स फेस्टिबल अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप-२०२२ प्रतियोगितामा सहभागी हुन १७ जना कराँते खेलाडीहरु र अफिसियल संघका संस्थापक एंव संरक्षक काजी राना, रुपन्देही जिल्ला उपाध्यक्ष धना थापा बेलहिया नाका हुँदै भारत प्रस्थान गरेका हुन ।  

    खेलाडीहरुलाई बिदाई गर्दै जिल्ला अध्यक्ष उमेश थापा लाटोमगरले प्रमुख प्रशिक्षक काजी रानालाई राष्ट्रिय झण्डा प्रदान गरेको थियो । खुकुरी क्लब बेलहियाका अध्यक्ष राम बहादुर बस्नेत, नर्जुन गुरुङ, दिपेन्द्र पौडेल, वीर बहादुर राना, प्रहरी सहायक निरीक्षक मोहनलाल भण्डारी लगायतले टीका तथा खादा लगाएर विदाई गरेका थिए । 

    संघका जिल्ला अध्यक्ष उमेश लाटोमगरले खेलाडीहरु कहिल्यै दोस्रो हुन नजानेकोले सधै प्रथम हुने जानकारी दिदै यसपटक पनि प्रथम भएर आउन शुभकामना दिए ।