२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

मिलनचोकमा हात धुने स्टेशन

शनिवार , कार्तिक २२, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २२ कार्तिक । 
    पश्चिम नेपाल विकास ट्रष्टले बुटवलको मिलनचोकमा हात धुने व्यवस्था मिलाएको छ । कोरोना महामारीबाट जोगिन साबुन पानीले राम्रोसंग हात धुनु राम्रो विधि भएको अवस्थामा ट्रष्टले मिलन चोकमा साबुनपानीको व्यवस्था गरेको छ  । 

    ट्रष्टका कोषाध्यक्ष पदम घिमिरेका अनुसार पानी टंयाकी, साबुनको व्यवस्था गरिएको र खुट्टाले थिचेपछि साबुन र पानी प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । मिलनचोकमा बैंकदेखि विभिन्न कार्यालय धेरै रहेको तथा बढी व्यस्त हुने चोक रहेकाले कोरोनाबाट जोगिन सडक छेउमा हात धुने व्यवस्था मिलाइएको अध्यक्ष गौरीमाया थापाले बताइन । नमस्ते नामोद एण्ड फ्रेण्डस्को सहयोगमा सो व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । 

    हात धुने व्यवस्था भएपछि शनिबार बिहानबाट शुभारम्भ गरिएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी जनप्रतिनिधि विमला श्रेष्ठ, उपमहानरपािलकाका महाशाखा प्रमुख भुवा प्रसाद लुइटेल, स्थानीय तथा राजनीतिक अगुवा ऋषिराम पाण्डे, अधिवक्ता खुमाकान्त पौडेल, ट्रष्टका अध्यक्ष गौरीमाया थापा, उपाध्यक्ष मोम प्रसाद गुरुङ, कोषाध्यक्ष पदम घिमिरे, सह–सचिव लक्ष्मी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।