२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अर्घाखाँची अस्पतालका सेवा बन्द

शनिवार , कार्तिक २२, २०७७

  • 6.8K
    Shares
  • 6.8K
    Shares
  • अर्घाखाँची, २२ कार्तिक ।
    अर्घाखाँची अस्पतालका ७ जना चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा लक्षणसहितको कोरोना पुष्टि भएपछि अस्पतालका अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा बन्द भएको छ । 

    अस्पतालका प्रमुख डा. कपिल गौतमसहित ७ जना चिकित्सक र १० जना स्वास्थ्यकर्मी गरी १७ जनामा लक्षणसहितको कोरोना देखिएपछि प्रसुति र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

    उपचारमा खटिएका डाक्टर लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अर्को सुचना जारी नहुँदा म्मको लागि अस्पतालका सबै सेवा बन्द गरिएको अर्घाखाँचीका प्रमुख डा. कपिल गौतमले बताए ।