images

आइतवार, बैशाख १६ गते २०८१

जसपाबाट २५ वर्षिय आसमाले दिइन् सिद्धार्थनगर उपप्रमुखमा उम्मेदवारी

जसपाबाट २५ वर्षिय आसमाले दिइन् सिद्धार्थनगर उपप्रमुखमा उम्मेदवारी

images
images
images
मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • जसपाबाट २५ वर्षिय आसमाले दिइन् सिद्धार्थनगर उपप्रमुखमा उम्मेदवारी

    भैरहवा, १३ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा २५ वर्षिय युवतीले उपप्रमुख (उपमेयर) मा दर्ता गराएकी छन् । २५ वर्षिय आसमा खातुन जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    images

    स्थानीय तहको जिम्मेवारीमा अब युवा वर्ग पनि आउनुपर्छ भन्ने सोचका साथ आफू उम्मेदवार बनेको खातुनले बताइन् । उनले भनिन्, जसपाले मलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, सोहीअनुरुप अघि बढेको छु । नगरपालिकाको विकासको लागि आफ्नो केही योगदान हुन्छ भन्ने कुरामा विश्वस्त रहेको उनको भनाइ छ ।

    त्यस्तै जसपाबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर)मा मात्रिका प्रसाद यादवले उम्मेदवारी दर्ता गर्नुभएको पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज मोहम्मद अलीले बताए ।

    IMG-20220426-WA0009.jpg

    यादव नेपाली कांग्रेस परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij