images

शुक्रवार, बैशाख ७ गते २०८१

रुपन्देहीमा ८०७ पदका लागि ५ हजारभन्दा बढीको उमेदवारी

रुपन्देहीमा ८०७ पदका लागि ५ हजारभन्दा बढीको उमेदवारी

images
images
images
मंगलवार, बैशाख १३ २०७९
मंगलवार, बैशाख १३ २०७९
  • रुपन्देहीमा ८०७ पदका लागि ५ हजारभन्दा बढीको उमेदवारी

    भैरहवा-रुपन्देहीमा ८०७ पदका लागि ५ हजारभन्दा बढीको उमेदवारी दर्ता भएको छ। निर्वाचन कार्यालय रुपन्देहीका अनुसार प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा गरी ५ हजार ७४ जनाको उमेदवारी दर्ता भएको छ।

    images
    images
    images

    १६ पालिकाको प्रमुख–अध्यक्षमा २ सय १६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, उपप्रमुख–उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ।

    १६ वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो। राजनीतिक दलसँगै सबैजसो पालिकामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन्।

    रुपन्देहीमा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० गाउँपालिका गरी १६ वटा स्थानीय तह छन्।

    ठूलादेखि मधेसवादी दलको समेत प्रभाव रहेको रुपन्देहीको दक्षिणी भेगमा उम्मेदवार बन्ने होड बढी देखिएको छ।  

    जिल्लामा सबैभन्दा बढी उम्मेदवारी दर्ता लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको छ। कुल ५ सय ६६ वटा उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा १५ र उपप्रमुखमा १९ जनाले उमेदवारी दर्ता गराएका छन्। नगरपालिकामा १३ वडा  छन्। तीनवटामा १० जना वा त्यसभन्दा बढीका दरले वडाध्यक्षका उम्मेदवार छन्। लुम्बिनी सांस्कृतिकपछि तिलोत्तमा नगरपालिकामा उम्मेदवारको संख्या धेरै छ। यहाँ ४६५ जनाको मनोनयन दर्ता भएको छ। 

    १७ वटा वडा र ८५ हजार बढी मतदाता भएको तिलोत्तमाका दुई वडामा मात्रै १०– १० जना वडाध्यक्षका उम्मेदवार छन्। अरु वडामा त्यो भन्दा कम छन्। तिलोत्तमा नगरपालिका जिल्लामा सबैभन्दा बढी पालिका प्रमुखका उम्मेदवार भएको नगर हो। यहाँ नगर प्रमुखको लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

    गाउँपालिकातर्फ सम्मरीमाइमा सबैभन्दा बढी १८ अध्यक्षका उम्मेदवार छन्। १८ जनाले गाउँपालिका अध्यक्षका लागि उमेदवारी दिएका छन्।

    ७ वडामध्ये ३ वटामा १० र त्योभन्दा बढी वडाध्यक्षका उम्मेदवार छन्। सम्मरीमाइमा कुल उम्मेदवारको संख्या ३ सय १६ छ। दक्षिण भेगकै कोटहीमाइ गाउँपालिकामा ३२६ जनाले उमेदवारी दिएका छन्। गैडहवामा ३४५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

    बुटवल उपमहानगरपालिकाको नगर प्रमुखका लागि १७ जना र उपप्रमुखका लागि १६ जनाको उम्मेदवारी परेको छ।

    यहाँको ११ नम्बर वडामा अध्यक्षमा ११ जनाको उम्मेदवारी परेको छ। अरु १८ वटा वडामा १० भन्दा कम वडाध्यक्षका उम्मेदवार छन्। बुटवलमा ४१७ जनाको उम्मेदवारी दर्ता भएको छ। 

    देवदह नगरपालिकामा प्रमुखको लागि १७ जनाको उम्मेदवारी परेको छ। देवदहमा ३५७ जनाले उमेदवारी दर्ता गरेका छन्। सिद्धार्थनगर नगरपालिकामा प्रमुखमा १६ जनाले मनोनयन दर्ता गरेका छन्। सिद्धार्थनगरमा सबै पदमा गरेर ४२५ जना उम्मेदवार छन्। 

    सैनामैना नगरपालिकामा २२५ जनाले उमेदवारी दिएका छन्। नगर प्रमुखका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर ३ देखि ६ जनासम्मका दरले मात्रै वडाध्यक्षमा उम्मेदवारी परेको छ। 

    शुद्धोधन र सियारी गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कम भएको छ। यहाँ गाउँपालिका अध्यक्षमा १० जनाभन्दा कमले मनोनयन दर्ता गरेका छन्। वडाध्यक्ष पदमा पनि ५ जना हाराहारीमा उम्मेदवारी परेको छ।  

    जिल्लाको पश्चिमी कञ्चन गाउँपालिकामा सबैभन्दा कम १५२ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा १२ जनाले मनोनयन दर्ता गरे। वडा तहमा मनोनयन संख्या कम छ।

    वैशाख ३० गते हुने निर्वाचनबाट जिल्लाका १६ पालिकामा एक–एक जना प्रमुख–अध्यक्ष, एक–एक जना उपप्रमुख–उपाध्यक्ष र १ सय ५५ जना वडाध्यक्ष चयन हुनेछन्। त्यस्तै, १ सय ५५ वडामा ६ सय २० जना वडा सदस्य निर्वाचित हुनेछन्।

    रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता छन्। यसमा पुरुष ३ लाख २३ हजार ७७८, महिला ८ लाख ८ हजार ५७४ र अन्य ८ जना छन्। २०८ मतदान स्थल छन् भने ७०० सय मतदान केन्द्र छन्।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij