२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

शिखर सहकारीको अध्यक्षमा खनाल

शनिवार , कार्तिक २२, २०७७

भैरहवा, २२ कार्तिक । 
श्री शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरको १२ औं साधारणसभा एवं छैठौं अधिवेशनमा सहकारीको नयाँ संचालक समिति निर्विरोध चयन भएको छ । 

संचालक समितिको अध्यक्षमा विनोद कुमार खनाल, उपाध्यक्षमा कविन्द्रमान अमात्य, सचिवमा कृष्णराज गिरी, कोषाध्यक्षमा रिता तिवारी पाण्डे निर्विरोध चयन भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिए । 

त्यसै गरी संचालक समितिको सदस्यमा राजन भट्टराई, दिनेश अग्रवाल र लता कट्टेल चयन भएका छन् । सहकारीको लेखा सुपरीवेक्षण समितिमा रुपमा पुन, सदस्यमा सविना दाहाल, बाबुराम खनाल र संस्थाको ऋण समितिको संयोजकमा कविन्द्रमान अमात्य, सदस्यमा चेत बहादुर खड्का एवं विष्णुमाया थापा आले चयन भएका छन् । सहकारीको वर्तमान विनियम बमोजिम संचालक समितिको कार्यकाल ४ वर्षको हुनेछ ।   

अडिर्टस एशोसीएसन रुपन्देहीका पुर्व अध्यक्ष एवं सहकारी विज्ञ चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । उक्त साधारणसभाले शिखर कल्याणकारी कोषलाई निरन्तरता दिदै कोरोना रोकथामका लागि सिद्धार्थनगर नगरपालिकालाई उपलब्ध गराएको ५१ हजार राहत रकम अनुमोदन गरेको छ । 

साथै साधारणसभामा उपस्थित शेयर सदस्यहरुले सहकारीको विभिन्न नीति तथा कार्यक्रमहरु अनुमोदन गरेको संस्थाका अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए । साधारणसभाले शेयर सदस्यहरुलाई १५ प्रतिशत मुनाफा दिने र संस्थागत विकासका विभिन्न निर्णयहरु पारित गरेको वरिष्ठ सल्लाहकार पुण्य प्रसाद ढकालले बताए । 

उक्त साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, सचिव विनोद खनाल र लेखा संयोजक खडानन्द पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । शनिवार सम्पन्न उक्त कार्यक्रम संस्थाका सदस्य रुपमाया पुनको सञ्चालनमा भएको थियो । 

२०६५ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ४११ जना शेयर सदस्यहरु छन् । संस्थाले हाल कुल लगानी तथा कारोबार ४ करोड ८४ लाख ७७ हजार  रुपैया रहेको व्यवस्थापक उत्तम पौडेलले जानकारी दिए ।