२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने

शुक्रवार , बैशाख १६, २०७९

काठमाडौँ, १६ वैशाख। सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको बैठकले पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसंग भएको  तालमेल तत्काल खारेज गर्ने र तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल कारवाही गर्ने निर्णय गरेको हो ।

त्यस्तै गठबन्धनबीच भएको सहमति बिपरित बिभिन्न दलका प्रतिनिधिहरु स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरिएको छ । बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगर र ११ उपमहानगका प्रमुख र उपप्रमुख पदमा भएको सहमति बिपरित गठबन्धन दलबाट भएका उम्मेद्वारीहरु तत्काल फिर्ता लिने निर्णय गरेको छ । रासस