images

बिहिवार, चैत्र १५ गते २०८०

माओवादीको ८० प्रतिशत मत एमालेमा थपिएको छ, सहजै चुनाव जित्छु : बाबुराम भट्टराई

माओवादीको ८० प्रतिशत मत एमालेमा थपिएको छ, सहजै चुनाव जित्छु : बाबुराम भट्टराई

images
images
images
शनिवार, बैशाख १७ २०७९
शनिवार, बैशाख १७ २०७९
  • माओवादीको ८० प्रतिशत मत एमालेमा थपिएको छ, सहजै चुनाव जित्छु : बाबुराम भट्टराई

    आसन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको बुटवल उपमहानगरपालिकाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बाबुराम भट्टराई मेयर पदका उम्मेदवार छन् । बुटवलमा एमालेले ११ वटा वडा सदस्य दिएर राष्ट्रिय जनमुक्तिसँग तालमेल गरेको छ । २२ वर्षदेखि एक छत्र राज जमाउँदै आएको एमालेका लागि यसपटकको निर्वाचन कत्तिको चुनौतीपूर्ण छ । एमालेका योजना र प्राथमिकताहरु के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर बुटवल उपमहानगरपालिकामा एमालेकातर्फबाट मेयर पदका उम्मेदवार बाबुराम भट्टराईसँग गरिएको कुराकानीको सम्पादितअशं :

    images
    images
    images

    चुनावीअभियान कसरी अगाडि बढ्दै छ ?

    हामीले मंगलबार मात्रै हजारौं कार्यकर्ताको भेला गरेर औपचारिक रुपमा चुनावी अभियान सुरु गरेका छौं । कार्यकर्ताहरुको जुनखालको उत्साह, उमंग र सक्रियता देख्ता हामी निकै उत्साहित छौं । समय छोटो भएको कारणले सबै जनताको घरघरमा जान नसकिने भयो । वडाका उम्मेदवार सबैका घरदैलोमा पुग्नुहुने छ । हामी मेयर र उपमेयर चाहिं बुटवलमा रहेका २९९ वटा टोलमा पुग्ने योजना बनाएका छौं ।

    चुनावजित्ने आधार के के हुन् ?

    चुनाव मैले भन्दापनिएमालेले जित्ने हो । एमालेले चाहे केन्द्रीय सरकार होस्, चाहे प्रदेश होस् वा स्थानीय सरकार । जहाँ जित्दा पनि उत्कृष्ट काम गरेको छ । त्यसैले गर्दा एमाले जस्तो जिम्मेवार पार्टीको प्रतिनिधिको रुपमा म उपमहानगरपालिकामा जाँदै छु । त्यसैले गर्दा यहाँको हाम्रो बलियो संगठन नै चुनाव जित्ने मुख्य आधार हो । अर्कोतर्फ बुटवलका मतदाता निकै सचेत छन् । उनीहरुले योग्यता, क्षमता र दक्षताका आधारमा पक्कै पनि व्यक्तिको मूल्यांकन गर्नेछन् । त्यसैले संगठन र सचेत मतदाताका कारण र हाम्रो नगरपालिकामा भएका गतिविधि र विकास निर्माणका कामहरुका कारणले हामीले चुनाव सहज रुपमा जित्छौं ।

    बुटवलको विकासका लागि तपाईंका योजना र प्राथमिकता के के छन् ?

    संविधानले संघ, प्रदेश र स्थानीयतहलाई  छुट्टाछुट्टै अधिकार दिएको छ । स्थानीयतहलाई दिएको शिक्षा, आधारभूत स्वास्थ्य, पर्यटन, कृषि लगायत आर्थिक गतिविधिहरुका कुरालाई हामीले प्राथमिकता दिने छौं । भौतिकपूर्वाधार देखि लिएर बुटवलमा धेरै कामहरु अगाडि बढेका छन्, ती अपुरा कामहरुलाई पनि हामीले सम्पन्न गर्नुपर्ने छ । अर्को महत्वपूर्ण कुरा भनेको  बुटवलको सुकुम्बासी समस्या पनि समाधान गर्नुपर्ने छ । उहाँहरुले लालपुर्जा पाउने सुनिश्चित भइसकेको अवस्थामा सरकारले भूमिहीन आयोग खारेज गरेकाले लालपुर्जा पाउन सकेनन् । बुटवल उपमहानगरपालिकाले सुकुम्बासीको पहिचान गरेर निस्सा दिने काम गरेको  छ, त्यो निस्साको आधारमा हामीले उहाँहरुलाई लालपुर्जा दिने छौं ।त्यस्तै ज्योती नगरको चुरोको पहिरोको व्यवस्थानगर्ने योजना हामीले बनाएका छौं । यसका लागि ठूलो बजेट खर्चिनुपर्ने भएकोले केन्द्रीय सरकारसँग हामी समन्वय गर्ने छौं । त्यस्तै शिक्षाको नीतिगत सुधारका कामलाई निरन्तरता दिंदै सामुदायिक विद्यालय सुधार अभियानलाई हामीले प्राथमिकता राख्ने छौं ।

    त्यसैगरी सडक बालबालिका र सडक मानव बुटवलमा हुने छैनन् । खानेपानीको समस्यापनिहामीले समाधानगर्ने छौं । स्वास्थ्यको क्षेत्रमापनि हरेक वडामा अधारभूत स्वास्थ्य सेवापुगेको छ । हामीत्यसलाई अपग्रेड गर्ने छौं । ठाउँठाउँमा स्वास्थ्य सेवा पु¥याउने हाम्रो योजना छ ।

    बुटवलको सडकलामो समयदेखि धुलाम्मे छ । संघीय सरकारको क्षेत्राधिकारमा पर्ने यो सडक निर्माणमा तपाईको योजना छ कि छैन ?

    यो सडक संघीय सरकारको क्षेत्राधिकारमा पर्ने भएकाले उसैले बनाउनुपथ्र्यो । तर लामो समयदेखि अलपत्र छोड्दा प्रदुषणका कारण नागरिकको स्वास्थ्य बिग्रिएको छ भने यात्रुहरुले सास्ती भोगेका छन् । ठेकेदारको म्याद आगामी असार मसान्तसम्म छ भन्ने सुनेको छु । संघीय सरकारसँग कुरा गरेर सडक निर्माणका लागि अघि बढ्ने मेरो प्रयत्नहुने छ । संघ सरकारले बनाएन भने बुटवल उपमहानगरकै बजेटबाट भएपनि सडक बनाउने दिशातर्फ मेरो भूमिका हुने छ ।

    सत्ता गठबन्धन एमालेकालागिकत्तिको चुनौतीपूर्ण छ ?

    यो गठबन्धनले हामीलाई केही फरक पर्दैन । यसअघि पनि काँग्रेस, माओवादी र जनमुक्ति पार्टीको गठबन्धन थियो । गठबन्धन हुँदा पनि एमाले एक्लैले २०७४ सालको चुनाव जितेको थियो । पछि नेकपा भइसकेपछि माओवादीबाट एकीकरणमा आएका साथीहरु एमाले भसकेपछि यतै बस्नुभएको छ । जो फर्किएर जानु भो, उहाँहरु फेरि फर्किएर आइसक्नुभएको छ । माओवादीको ८० प्रतिशत हिस्सा एमालेमा आएको छ । नेकपाएसको नीति आफूले जित्ने भन्दा पनि एमालेलाई हराउने छ । एमालेलाई हराएर एकीकरण गर्ने नेकपा (एस)को नीति छ । अर्कोतर्फ यसपटक हामीलाई राष्ट्रिय जनमुक्तिको पनि साथ छ । त्यस्तै बुटवल एमालेको बलियो संगठन भएको क्षेत्र हो, त्यसकारण एमालेले हार्ने भन्ने सोंचेकै छैन । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij