२०८३, जेठ १६ गते

May 30 2026 | २०८३, जेठ १६ गते

राप्रपा सिद्धार्थनगरको घरदैलो अभियान तिब्र

शनिवार , बैशाख १७, २०७९

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरले चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ। स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा राप्रपाले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ।

    सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुखका प्रत्यासी सागरप्रताप राणा, उपप्रमुखका प्रत्यासी विनिता गुप्ता, बिभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य तथा पार्टिमा आबद्ध कार्यकर्ताको सहभागितामा सिनपा २ को मेउडीहवा,झण्डिबजार, सिनपा ५ को मालटोल, ६ गल्लामण्डी, ७ को डाडागाउँ लगाएतका क्षेत्रमा घरदैलो गरेका छन्।

    घरदैलोका क्रममा मतदाताहरुले नगरमा फोहरमैलाको उचित व्यवस्थापन हुन नसक्दा आफुहरुले हैरानी वहोर्नु परेको गुनासो गरेका थिए। साथै उनीहरुले बर्षायाममा हुने डुवानको दिर्घकालिन समाधानका लागि मेयरका प्रत्यासी सागर प्रताप राणासंग आग्रह गरेका थिए।

    नगरवासीको गुनासो पछि राणाले नगरको एकिकृत बिकासका लागि आफुले योजनाबद्ध काम गर्ने उल्लेख गर्दै यो निर्वाचनमा आफुलाई बिजयी बनाउन आग्रह गरे।