२०८३, जेठ १६ गते

May 30 2026 | २०८३, जेठ १६ गते

सियारीमा कांग्रेसको घरदैलो अभियान तिव्र

शनिवार , बैशाख १७, २०७९

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • सियारी । नेपाली  कांग्रेस सियारी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका प्रत्यासीले चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिव्र पारेका छन्। आशन्न स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेका हुन्।

    कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी थानेश्वर घिमिरे, उपाध्यक्ष तारा चौधरी लगाएत बिभिन्न वडाका वडा अध्यक्ष, सदस्य सहित संयौ कार्यकर्ता सहित उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका छन्।

    उनीहरुले आज सियारी बडा नम्बर १, ६, ७ का बिभिन्न क्षत्रेमा पुगेर मतदातासंग मत मागेका छन्। वाँकी वडाहरुमा भोली देखि क्रमश घरदैलो गर्ने अध्यक्षका प्रत्यासी घिमिरेले बताए।  
    घरदैलो अभियानमा बोल्दै अध्यक्षका प्रत्यासी घिमिरेले सियारी गाउँपालिकालाई भ्रष्टचारमुक्त बनाउन आफु लागि पर्ने बताए।

    उनले शिक्षा, स्वास्थ्य र कृषि पर्यटनको बिकासका लागि अल्पकालिन तथा दिर्घकालिन योजना बनाएर जिल्लाकै नमुना गाउँपालिका बनाउन लाग्ने बताउदै नेपाली  कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका छन्।

    उनले आफुहरु जनतामाझ मतमाग्न जादा जनतामा उत्साह आएको उल्लेख गरे। जनताले यस पटकको निर्वाचनमा संबिधानको रक्षक नेपाली  कांग्रेस र जनताको माझमा पुगेर काम गर्ने नेतालाई बिजयी बनाउने उल्लेख गरे।