images

मंगलवार, बैशाख २५ गते २०८१

मतदाता भन्छन्-प्रमाणित पार्टीका उम्मेदवारलाई भोट

मतदाता भन्छन्-प्रमाणित पार्टीका उम्मेदवारलाई भोट

images
images
images
आइतवार, बैशाख १८ २०७९
आइतवार, बैशाख १८ २०७९
  • मतदाता भन्छन्-प्रमाणित पार्टीका उम्मेदवारलाई भोट

    भैरहवा, १८ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मतदाताहरुले विकास गरेर  प्रमाणित भइसकेको पार्टीका उम्मेदवारलाई भोट दिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुको घरदैलोको क्रममा मतदाताहरुले विकासलाई जानेबुझेको पार्टीका उम्मेदवारलाई यस पटक पनि भोट दिने बताएका हुन् ।

    images
    images
    images

    तिलोत्तमामा २०७४ सालमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले राम्रा काम गरेर नगरलाई मुलुककै नमूना बनाएकोले त्यसलाई अझै राम्रो बनाउन यस पटक पनि एमालेका उम्मेदवारलाई भोट दिने मतदाताको आश्वासन छ । वडा नम्बर १५ का कृष्ण प्रसाद पाण्डेयले एमालेले राम्रो काम गर्छ भन्ने देखिसकेकोले यस पटक पनि एमालेका उम्मेदवारलाई भो दिने बताए ।
    ‘तिलोत्तमालाई एमालेका जनप्रतिनिधिहरुले रोलमोडल बनाउनु भएको छ । भइरहेका कामलाई अझै राम्रो बनाउने र बाँकी योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ’ उनले भने, ‘राम्रो काम गर्नेलाई अवसर दिनुपर्छ ।’ सरकारको नेतृत्व फेरिँदा भइरहेका काम पनि अलपत्र पर्ने गरेको संघीय र प्रदेश सरकारको अनुभव रहेकोले पनि प्रमाणित भइसकेको पार्टीलाई भोट दिने अर्का मतदाता पवन भण्डारीले बताए । ‘ तिलोत्तमामा एमालेले राम्रो गरेको छ । यसमा कुनै शंका छैन ।’ उनले भने ।

    एमालेका उम्मेदवारहरुले अहिले सुरु गरेका कामलाई गन्तव्यमा पुर्याउँदै अपूरा कामको पूर्णताको लागि आफूहरुलाई मत दिन आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिका लगातार दुई पटक मुलुकमै उत्कृष्ट नगरपालिका बनिसकेको छ । तिलोत्तमामा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, शहरी सौन्दर्यपछि परेको वर्ग, समुदायको उत्थानको लागि यहाँ नमूनायोग्य काम भएका छन् ।

    एमालेले नगर प्रमुखमा युवा नेता मोहन चापागाईंलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा क्षमतावान् नेतृ जागेश्वरी चौधरीलाई उम्मेदवार बनाएको छ । नेतृत्व र निर्णय क्षमतामा अब्बल चापागाईंले स्थानीय तथा राष्ट्रियस्तरका संघ–संस्थाको नेतृत्व सम्हालेको अनुभव छ । त्यस्तै चौधरी तिलोत्तमाको निवर्तमान उपमेयर हुन् । राजीनामा गरेर उनी अहिले चुनावी अभियानमा होमिएकी छिन् ।
    काँग्रेस र माओवादी गठबन्धले संविधानको मर्मविपरीत नगर प्रमुख र उपप्रमुख दुवैमा पुरुषलाई नै उम्मेदवार बनाएका छ । गठबन्धनले प्रमुख पदमा एक जना पनि महिला उम्मेदवार नबनाएकोमा सबैतिर आलोचना भएको छ । संविधानले महिलाको हक अधिकारको लागि प्रमुखमध्ये एक पदमा महिला प्रतिनिधि बनाउनुपर्ने व्यवस्था गरे पनि गठबन्धनले महिलाहरुको भावनाविपरीत दुवै पदमा पुरुष उम्मेदवार बनाएपछि पार्टीभित्रै तीव्र असन्तुष्टी छ । ‘गठबन्धनले महिलालाई भोट बैंकको रुपमा मात्र लियो । महिलाको अर्थपूर्ण सहभागिता गराएन । यसले पार्टीभित्र असन्तुष्टि बढ्नु स्वभाविक हो ।’ गठबन्धनकी एक नेतृले बताइन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij