images

बिहिवार, बैशाख २० गते २०८१

तिलोत्तमामा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : खानेपानीको समस्या समाधान गर्छौं

तिलोत्तमामा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : खानेपानीको समस्या समाधान गर्छौं

images
images
images
मंगलवार, बैशाख २० २०७९
मंगलवार, बैशाख २० २०७९
  • तिलोत्तमामा मेयर उम्मेद्वार खाँणको प्रतिबद्धता : खानेपानीको समस्या समाधान गर्छौं

    तिलोत्तमा, २० बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमा भित्र खानेपानीको समस्यालाई जरैदेखि हटाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्वार बनेका खाँणले तिलोत्तमामा रहेका हरेक समस्या समाधानका लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गरे । 
    तिलोत्तमा वडा नम्बर १३, १४ १६ मा गठबन्धनका उम्मेद्वारहरुसंगको घरदैलो तथा कोणसभामा बोल्दै मेयरका उम्मेदवार खांणले तिलोत्तमाको यो क्षेत्रमा रहेको खानेपानी समस्यालाई जरैदेखि समाधान गर्ने प्रतिवद्धता जनाए ।

    images
    images
    images

    उनले तिलोत्तमा १३, १४ र १६ मा खानेपानीको समस्या रहेको क्षेत्रमा सहज र शुद्ध खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अहिलेको एमाले नेतृत्वको तिलोत्तमा नगरले वेवास्ता गरेका कारण जनताका समस्या सम्वोधन हुन नसकेको बताए ।

    उनले तिलोत्तमामा अव्यवस्थित बसोबास रहेकोले यसको व्यवस्थापन छिट्टै गरिने बताए । यी वडाहरुमा एमाले नेतृत्वको तिलोत्तमाले ध्यान दिन नसकेको बताउँदै आफुले जितेसंगै सबै वडा र सबै गाउँको समान विकास गरिने बताए । उनले अघिल्लो पटक पनि चुनावी मैदानमा गएको र ५ वर्षको अवधिमा जनतासंग नजिकबाट घुलमिल भएकोले सबै क्षेत्रका समस्याको बारेमा आफु जानकार रहेको उल्लेख गर्दै यो क्षेत्रमा हुने नदि काटनको समस्या दीर्घकालीन योजना बनाएर समाधान गर्ने दाबी गरे । उनले तिलोत्तमा भित्रका जुनसुकै सडक स्तरउन्नति गर्ने क्रममा पर्ने जग्गा वा घरको लागि उचित मुआब्जा प्रदान गरिने पनि प्रतिबद्धता ब्यक्त गरे ।

    माओबादीबाट उपमेयरका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन आग्रह गरे । 
    तिलोत्तमा १३ टिकुलीगढमा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार नारायण ढकाल, सदस्य पदका उम्मेद्वारहरु केशवराज भण्डारी, राम प्रसाद थारु, महिला सदस्य पदका उम्मेद्वार लिला देवी छन्त्याल, दलित महिला सदस्य पदका उम्मेद्वार सम्झना परियारको टोलीले घरदैलो समेत गरेको थियो ।

    यस्तै तिलोत्तमा नगरपालिका १४ बनकट्टीमा मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार अश्विन पौडेल, सदस्य पदका उम्मेद्वारहरु भुपाल सिंह छन्तेल र सन्तविर चौधरी, महिला सदस्य पदका उम्मेद्वार विष्णुमाया पुन र दलित महिला सदस्य पदका उम्मेद्वार विष्णुमाया सावतको टोलिले घरदैलो गरेको थियो ।

    मेयर पदका उम्मेद्वार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार झबिलाल भुषाल, सदस्य पदका उम्मेद्वारहरु ऋषिराम बस्याल र हुम बहादुर गाहा, महिला सदस्य पदका उम्मेद्वार मायादेबी चौधरी र दलित महिला सदस्य पदका उम्मेद्वार जानकी सुनारको टोलिले घरदैलो गरेको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij