images

शनिवार, बैशाख ८ गते २०८१

तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो 

तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो 

images
images
images
मंगलवार, बैशाख २० २०७९
मंगलवार, बैशाख २० २०७९
  • तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो 

    बुटवल, २० बैशाख । “तपाईंको जग्गाको पुर्जा आउँछ र घर पनि हामीले बनाईदिन्छौँ भने मैले पनि भोट दिएं । तर न घर बन्यो न पुर्जानै पाएं ।” छिमेकीको  भर्खर बन्दै गरेको घरको पिढिमा बसेर माया हिताङ्ग बर्बराउँदै हुनुहुन्थ्यो । “पहिला भोट दिएं तर फर्किएर कोही सोध्न र खोज्न आएनन्, अहिले चुनाव आयो दैनिक भोट दिनु भन्दै घरमै आईपुग्छन् ।” उमेरले साढे पाँचदशक पुग्नै लाग्नु भएकी हिताङ्गको पाँचवर्ष पहिलाको जस्तो अवस्था छैन् । जिवन जिउने साहारा रहेका श्रीमानलाई पनि गतवर्ष तिनाउमा आएको बाढीले सदाका लागि लगिदियो ।

    images
    images
    images

    अघिल्लो निर्वाचनमा केहीकाम गरेर आफै पेट पाल्न सक्ने उनलाई उमेर संगै आएको बुढ्यौलीले त समात्यो साथै शरिरपनि रोगको घर बनेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ४ सिमानगरमा बस्ने हिताङ्गले अघिल्लो निर्वाचनमा जसलाई मत दिएको भएपनि यसपटक जसले औषधी किन्न खर्च र भत्ता दिन्छ त्यसैलाई मतदिने बताइन् । तिलोत्तमा वडा नम्बर ३ र ४ मा पर्ने यो बस्तीमा माया हिताङ्ग जस्तै सयौँ मतदाता छन् ।

    सोही बस्तीमा १६ वर्ष देखि बस्दै आएका ५४ बर्षका रामबहादुर तामाङ्ले पनि बस्तीमा खासै परिवर्तन देखेका छैनन् । उनले भने–“केही सडकहरु बनेका छन् तर हाम्रोे दैनिकीमा कुनै परिवर्तन भएको छैन । म मजदुरी गरेरै बाँच्दै आएको छु । पैसाहुनेहरुको घर ठडिएको छ म भाडामै बस्दै आएको छु ।”

    हरेक निर्वाचनमा तिलोत्तमाका यस्ता अव्यवस्थित र सुकुम्बासी वस्तीहरु भोट बैंकका रुपमा प्रयोग हुने गरेका छन् । पटक पटकको चुनावमा लालपुर्जा पाउने आसागर्दै स्थानीय, प्रदेश देखि केन्द्र सम्म तिलोत्तमाबासीले एमालेकै नेताहरुलाई जिताएका हुन् ।

    बस्तीमा सानो व्यवसायी गरेर बसेकी एक महिलाले लालपुर्जा पाउने भन्दै नगरपालिकाले टोकन बाडेको बताइन् । उनले यसपटक पनि प्रायः सबै राजनीतिक दलहरुले भोट माग्न आउँदा लालपुर्जा दिने आश्वासन दिने गरेको बताइन् । उनले भनिन्–“अघिल्लो निर्वाचनमा हामीलाई लालपुर्जा दिने भन्दै झुक्याईयो तर यसपटक विचार गरेर मतदान गर्ने हो ।

    २०७४ सालको स्थानियतहको निर्वाचनमा तिलोत्तमा नगरपालिकामा नगर प्रमुखमा बासुदेव घिमिरे र उपप्रमुखमा जाज्ञेश्वरी चौधरीले भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मुख्य एजेण्डा बोकेर चुनाव जितेका थिए । तर स्थानीय सरकारको पाँचवर्षे कार्यकाल सकिँदा समेत भूमिहिन तथा सुकुम्बासीले लालपुर्जा पाउन सकेनन् । तर आगामी निर्वाचनमा पनि दलहरु यही र यस्तै नारा दिएर सुकुम्वासी र अब्यवस्थित बस्तीमा देखा पर्न थालेको स्थानीयहरु बताउँछन् । पाँचवर्ष सम्म लालपुर्जा वितरण गर्न असक्षम देखिएको तिलोत्तमाको नेतृत्वले अब लालपुर्जा दिन्छ भन्ने आश नभएको एक स्थानीयले बताए ।

    दुई वडामा पर्ने सिमानगरमा झण्डै छ सय घर परिवारहरु रहेको बताइन्छ । तिलोत्तमाका स्थानीय अगुवा तथा समाजसेवी हरि तिवारीले अहिलेको एमाले नेतृत्वको तिलोत्तमा नगरपालिकाले जनताका समास्यालाई समाधान गर्नुको साटो उल्टो बढाउनुको साथै त्यसैमाथि आश्वासनको राजनीतिगर्ने  र आफू सधै सत्ताको चास्नीमा डुब्न रमाउन खोजेका कारण जनताका समस्या कहिल्यै समाधान हुननसकेको बताए । सिमानगर बस्तीलाई नजिकबाट राम्रो संग बुझेका तिवारीले यस्तो नेतृत्वबाट अव्यवस्थित बसोबासी र सकुम्बासी समस्या समाधान नहुने बताए । स्थानीय निर्वाचन संघारमा रहेकोेले योग्य र जनताका समस्यालाई सम्वोधन गर्ने उम्मेदवारलाई मतदिन समेत आग्रह गरे ।

    तिलोत्तमा ४ र ३ को यो बस्ती जस्तै अन्य वडाहरुको अवस्था पनि उस्तै छ । मेयर घिमिरेले आफ्नै पार्टि एमालेको केन्द्र देखि प्रदेश सम्म रहेको भण्डै दुई तिहाईको सरकार हुँदा समेत पुर्जा वितरण गर्न असक्षम भएको तिलोत्तमानगरमा चर्चा छ । यता, नगरमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले भने लालपुर्जा वितरण गर्न एमाले सरकार अक्षम रहेको हुँदा एक पटक गठबन्धनलाई निर्वाचित गराए लालपुर्जा वितरण गर्ने वाचा सहितको प्रतिवद्धता जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij