२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा देउसीभैलो खेल्न नपाइने

आइतवार , कार्तिक २३, २०७७

भैरहवा, २३ कार्तिक ।
रुपन्देहीमा यस वर्ष देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार सूचना जारी गर्दै देउसी भैलो नखेल्न जिल्लावासीहरु समक्ष आग्रह गरेको छ ।

नेपालीहरुको चाड शुभ दिपावली तथा छठपर्व २०७७ नजिकिदै आएको र कोभिड–१९ को जोखिम पनि बढ्दै गइरहेको अवस्था रहेकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । 

त्यस्तै भौतिक दुरी कायम गर्न, अनावश्यक भिडभाड, भेला नगर्न, अनिवार्य रुपमा मास्क लगाउन, नियमित रुपमा साबुन पानीले हात धुन वा स्यानीटाइजर प्रयोग गर्न, भोजभतेर नगर्न र यस वर्षको चाडमा जो जहाँ छ त्यही मनाउन प्रशासनको आग्रह छ ।

त्यस्तै दीपावली तथा छठपर्व मनाउने क्रममा भुइँचम्पा, पटाका पट्काउने र आतशवाजी गर्ने जस्ता कार्यबाट जनधनको नोक्सानी हुने भएकोले त्यस्ता विष्फोटक तथा प्रज्जवनशील पदार्थको खरिद, विक्री वितरण, ओसारपसार तथा प्रयोग नगर्न समेत प्रशासनले सूचनामार्फत जानकारी गराएको छ ।

प्रशासन कार्यालयद्वारा जारी सूचनाको बर्खिलाप हुने गतिविधि भए गरेको पाइएमा कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।940x380-जिल्ला_स्थित_भौतिक_स्रोत_साधनको_विवरण_0002.jpg