images

शनिवार, बैशाख २२ गते २०८१

तिलोत्तमा १५ मा का‌ग्रेस पक्षमा जनलहर 

तिलोत्तमा १५ मा का‌ग्रेस पक्षमा जनलहर 

दुई बर्षमै राजीनामा दिएका वडा अध्यक्षलाई अब भोट दिन्नौ 

images
images
images
बुधवार, बैशाख २१ २०७९
बुधवार, बैशाख २१ २०७९
  • तिलोत्तमा १५ मा का‌ग्रेस पक्षमा जनलहर 

    तिलोत्तमा । स्थानिय निर्वाचनका लागि नेपाली का‌ग्रेस तिलोत्तमाले गरेको घरदैलो तथा आमसभामा स्थानियको उत्साहजनक सहभागिता देखिएको छ। नेपाली का‌ग्रेस तिलोत्तमा १५ को घरदैलो तथा आमसभामा स्थानियको उत्साहपुर्वक उल्लेख्य सहभागिता देखिएको हो। 

    images
    images
    images
    2.jpg
    नेपाली कांग्रेसको तर्फबाट तिलोत्तमा नगरपालिकाका मेयरका उम्मेदवार रामकृष्ण खांण, उपमेयर पदका उम्मेदवार हेमन्तकुमार पाण्डे, वडा नम्बर १५ का वडा अध्यक्ष पदका उम्मेदवार शेर बहादुर थापा लगाएत। 

    २०७४ सालको स्थानिय तहको निर्वाचनमा तिलोत्तमा १५ सहित तिलोत्तमा नगरपालिकामा दुई तिहाई बढी मतका साथ नेकपा एमालेले निर्वाचन जितेर गएपनि बिकास नगरी हल्लामात्रै गरेको स्थानियको आरोप छ। २०७४ सालको निर्वाचनमा एमालेले तिलोत्तमा १५ मा वडा अध्यक्ष सहित सम्पुर्ण सदस्यमा बिजयी हासील गरेर कुर्र्चीमा पुगेका थिए, तर वडा कार्यालय जाने बाटो समेत बनाउन सकेका छैनन्। 

    वडा कार्यालय जाने बाटो समेत नसक्ने एमालेका जनप्रतिनिले अब कुन मुख लिएर मत माग्न आउने हुन स्थानिय कुलप्रसाद बस्यालले भने तिलोत्तमाका १७ बटा वडा मध्ये वडा नम्बर १५ का अधिकांश स्थानमा बिकासले छुन सकेको छैन्। 

    राजमार्ग छेउको वडा भएर पनि पुर्णतया अबिकसित वडा यही होला वस्यालले भने वडा कार्यालय छिर्ने बाटो मात्रै होईन मधवलियाका भित्री सडकको अबस्था बेहाल छ। ५ बर्षमा सिन्को भाच्न नसक्ने एमालेका जनप्रतिनिधिले अब यो गर्छु उ गर्छु भनेर आश्वासन बाड्नेलाई हामीले मत दिन्नौ, अब परिवर्तनको पक्षमा उभिएको काग्रेसका उम्मेदवारलाई मतदान गर्ने हो, बस्यालले भने। 

    मधवलियाको पुरोनो वस्तीको रुपमा रहेको थारु समुदायको बाहुल्य रहेको थारु गाउँ, सखुवानी गाउँ र कोटिहवा लगाएतका पुराना गाउँमा बिकासले छुन नसकेको स्थानिय दीपक चौधरीले भने। निर्वाचित भएको दुई बर्षमा काम गर्न नसकेर राजीनामा दिएका वडा अध्यक्षले अब वडाको बिकास गर्छु भनेर कसले पत्याउने ? चौधरीले भने जनता माथि रजाई गर्ने एमाले माथि नभई तिलोत्तमा १५ का स्थानियले यसपटक नेपाली काग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार शेरबहादुर थापा क्षेत्रीलाई मतदान गर्छौ। 

    पदमा नहुदा पनि जनताको सेवा गरिरहेका थापालाई यसपटक वडाको नेतृत्व दिएर जनताको सेवा गर्ने मौका दिने स्थानियको भनाई छ। तिलोत्तमा १५ मा यस पटक काग्रेस प्रति जनलहर बढ्दै गएको छ।

    1.jpg
    कोटिहवामा आयोजित चुनावी कार्यक्रममा सहभागि कांग्रेसका समर्थक 

    घरदैलो देखि सभासम्ममा जनताले काग्रेस र काग्रसका प्रतिनिधिलाई साथ र सहयोग दिदै आएका छन। जनताको साथ र सहयोगका कारण यस पटक तिलोत्तमामा नेपाली काग्रेसको जित सुनिश्चीत रहेको स्थानिय मदन पन्थीले दावी गरे।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij