images

शुक्रवार, चैत्र १६ गते २०८०

सिद्धार्थनगरमा फेरी पनि एमालेले निर्वाचन जित्ने माहोल देखिएको छ

सिद्धार्थनगरमा फेरी पनि एमालेले निर्वाचन जित्ने माहोल देखिएको छ

images
images
images
बुधवार, बैशाख २१ २०७९
बुधवार, बैशाख २१ २०७९
  • सिद्धार्थनगरमा फेरी पनि एमालेले निर्वाचन जित्ने माहोल देखिएको छ

    भैरहवा । नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)सँग स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा समसामयिक विषयमा गरिएको कुराकानी ।

    images
    images
    images

    स्थानीय निर्वाचन यही वैशाख ३०गते हुँदैछ रुपन्देही जिल्लामा चुनावी माहोल कस्तो छ, यहाँले कसरी लिनुभएको छ होला?

    स्थानीय स्तरको निर्वाचनमा अहिले राष्ट्रिय स्तरको जुन गठबन्धन बनेको छ परमादेशको माध्यमबाट र जनादेशको माध्यमबाट तयार भएको पार्टी थियो त्यसलाई बर्खास्त गरिएको छ । अहिलेको समयमा जनादेशको सम्मान गर्ने कि परमादेशको सम्मानगर्ने भन्ने प्रश्न खडा भएको छ । त्यसैले अहिलेको स्थानीय तहको निर्वाचन राजनीतिक प्रश्न पनि हो, संवैधानिक प्रश्न पनि हो । सिद्धार्थनगरकै कुरा गर्ने हो भने त्यतिखेर यहाँ नेकपा एमालेले चुनाव जितेको थियो र हामीले समग्र सिद्धार्थनगरको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थियौं । सडक सञ्जालको हिसाबले, अन्यपूर्वाधार विकासको कुराले त्यसो हुँदा हामीले अहिले विभिन्न किसिमका घरदैलो गरेका छौं । त्यस कारणले सिद्धार्थनगरले फेरी पनि निर्वाचन जित्ने माहोल देखिएको छ । र त्यही प्रकारको जनताको शुभेच्छा हामिले पाएका छौ ।

    विशेष गरी नेकपा एमालेले घरदैलोमा जनतासंग कसरी प्रस्तुत भएको छ ?

    हामी अहिले एकदमै विनम्रतापूर्वक, एकदमै शिष्टतापुर्वक घरदैलोमा गएका छौं र मैले भनेको पनि छु राष्ट्रिय स्वाधिनताको पक्षमा, समग्र देशको विकासको पक्षमा, रेल मार्गदेखि लिएर, अन्तर्राष्ट्रिय सम्बन्धका कुरादेखि लिएर, विभिन्न किसिमका संवैधानिक कानून बनाउने कुरादेखि लिएर त्यो हिसाबले हामी कामको सुरुवात गरेका छौ र ती विषय पनि हामीले लिएर गइरहेका छौं । एयरपोर्टको कुरा, ६ लेन सडको कुरा, भारत र नेपाल बीचको भन्सार र आईसीपी बनाउने कुरा, विशेष आर्थिक विकास क्षेत्रको कुरा यस्ता महत्वपूर्ण काम हामीले सुरुवात गरेका छौं । यहाँको डण्डा पर्यटकमा जुन पर्यटकीय स्थल बन्दैछ त्यसको कुरा र नगरमा अन्य पर्यटकीय स्थल जुन बनिरहेका छन् । हरियाली नगर बनिरहेका छन्, चिल्लो बाटा ेसहितका नगरहरु बनिरहेका छन्, फेरी बाँकी रहेका काम सम्पन्न गर्ने कुरा, बहु उद्देश्यीय भवनलाई थप सुदृढ बनाउने कुरा । विगतका दिनमा भएका कमीकमजारीहरुको जनतासँग हामीले रायलिने काम गरेका छौ । पहिले भएको कामको निरन्तरता दिन र थप नयाँ कामहरुको जनगुनासो संकलन गर्न हामी जनताको बीचमा गइरहेका छौ ।

    ३) नेकपा एमाले पालिकामा अन्य पार्टी भन्दा फरक तरिकाले कसरी चुनावी अभियानमा छ नि?

    नेकपाएमाले राष्ट्रिय हिसाबले होस् या प्रादेशिक हिसाबले होस् या स्थानीय हिसाबले होस् यो फरक किसिमको धार बोकेको पार्टी हो । हामी जनादेशलाई सम्मानगर्ने राष्ट्रिय पार्टी हौं, जनताको सामाजिक सुरक्षाको पक्षधर पार्टी हौं । संविधानले व्यवस्था गरेअनुसार समाजवादको आधार निर्माण गर्ने पार्टी हौं । हामी रुपन्देहीका १६ वटै पालिकाहरुमा यही किसिमको राजनीतिक विचार र विकासको एजेण्डा लिएर जनताको बीचमा गइरहेका छौं र अरु दलका कुरा गर्ने हो भने जसरी हुन्छ चार पाँचवटा दल मिलेर भएपनि नेकपा एमालेलाई हराउने, जनमतलाई कमजोर बनाउने, जनमतले नेतृत्वगर्ने भन्दापनि परमादेशले नेतृत्व गर्ने ढंगले उनीहरुले आफ्नो जुन अभियान गरिरहेका छन् । हामीलाई विश्वास छ विकासको नेतृत्व गरेको कारणले, स्वाधिनताको नेतृत्व गरेको कारणले, स्थानीय स्तरमा जनताको सेवकको काम गरेको हिसाबले र हामीले गत चुनावमा नगरस्तरमा, वडा स्तरमा जुन कामहरु गरेका थियौं । त्यसकै हिसाबले हामी जनतासंग प्रत्यक्ष जोडिएका थियौं भने अरु राजनीतिक दल भनेको नेकपा एमालेलाई हराउने ।

    ४)उम्मेदवारी दिने सन्दर्भमा कतिपय असन्तुष्ट नेता कार्यकर्ताहरुले आधिकारिक उम्मेदवारलाई असहयोग गरेको चर्चा छ नि?

    धेरै पुरानो पार्टी, धेरै कार्यकर्ता भएको पार्टी भएको हुनाले आकांक्षी धेरै हुनु स्वभाविक हो हामीले त्यसलाई अन्यथा लिएका छैनौ । पार्टीले व्यवस्थित र प्रक्रियागत ढंगबाट निर्णय गरेको छ र यति बेलासम्म जो साथीहरुले आकांक्षा राख्नु भएको छ सबै मिलेर पार्टीलाई जिताउनु पर्छ भनेर सहयोग गरि राख्नु भएको छ । एकाध साथिहरु जो पार्टीको निर्णय मान्दिन जनभावनाको कदर नगरी गइरहेका छन् उहाँलाई पार्टीले कारवाही गरेको छ ।

    ५) नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको छ यस पटक एमालेलाई चुनाव जित्न अलि कडा संघर्ष गर्नुपर्ने भो होइन र ?

    उनीहरु कमजोर भएको कारणले बलियो भएको पार्टीलाई हराउन सकिन्छ कि भन्ने मनोकांक्षाले भएको गठबन्धन हो । यो हामीसंग जनमतको आधार छ भने उनीहरुसंग हामीलाई कमजोर बनाउन सकिन्छ कि भन्ने मनोकांक्षाले निर्देशित छन् । हामी विकासको पक्षमा छौं । हामी सम्वृद्ध नेपाल सुखी नेपालको नारामा छौं । हामीले गठबन्धनमा देखिएको कचिंगल देखि रहेकै छौं । एउटै पार्टीमा मेयर उपमेयरमा गठबन्धन भएको छ । फेरी वडामा नभएको आफ्नै पार्टीमा बागी उम्मेदवार भइरहेको उदाहरण पनि हामी देखिरहेका छौ । हामी फेरी थप जनमतको समर्थन ल्याउने गरी र थप जनमत अन्तरले विजय हुने प्रक्रियामा छांै ।

    ६) एमालेले चुनाव जित्ने आधार के के हुन् ?

    मुख्य आधार भनेको विगत सरकारमा रहेर हामीले गरेका कामहरुनै हुन् । राष्ट्रिय स्तरमा गरेको काम होस्, प्रादेशिक स्तरमा गरेका कामहरु, स्थानीय स्तरको कुराहरु विकासका कुरा होस्, भौतिक विकासको कुरा, सामाजिक न्यायको कुरा, वृद्ध भत्ताको कुरा, सामाजिक सुरक्षा कोषको कुरा, स्वास्थ्य बीमाको कुरा, स्वास्थ्य सेवा विस्तार गर्न कुरा, बालबालिकासंग अभिभावकत्वको कुरा, पर्यटकीय काम, स्वास्थ्य सम्बन्धी काम, सुशासन सम्बन्धी कामहरु । विगतका प्रतिवद्धता र नपुगेका कामहरु गर्नका लागि फेरी पनि हामी जनता समक्ष गइरहेका छौ ।

    ७) एमालेले चुनाव जित्यो भने यहाँका नगर र पालिकाहरुमा के काम गर्छ नि ?

    यो सि.न.पा. भनेकै पर्यटनको प्रचुर सम्भावना भएको नगर हो । र पर्यटन विकासकै सम्भावना यहाँको मुख्य सम्भावना हो । अन्तर्राष्ट्रिय एयरर्पोट यही छ । भन्सार यही छ । लुम्बिनी यही छ । यो कृषिको सम्भावना भएको क्षेत्र हो र यहाँ थुप्रै खेतीयोग्य जमिनहरु छन् तीनलाई अनुदान दिने कुरा छ । त्यसपछि पूर्वाधारका कुरा पनि छन् । यस क्षेत्र विकास हुँदै गएकोले रात्रिकालिन बजारको कुरा, बाटोघाटो चिल्लो बनाउने कुरा, एयरपोर्टको दोस्रो चरणको कामहरु छन् । विशेष आर्थिक विकास क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्न छ । यहाँको स्वास्थ्य क्षेत्र व्यवस्थित गर्नुपर्ने छ । शिक्षा क्षेत्र समेत रोजगार मुलक गुणस्तर रुपमा सुधार गर्नु छ । उद्योग क्षेत्रलाईथप प्रवद्र्धन गर्ने कुरा, बजार व्यवस्थापन लगायतका कुराहरु गर्ने योजना छ ।

    १०)जनताले एमालेलाई नै किन मतदान गर्ने?

    लोकतन्त्रको निम्ति, गणतन्त्रको निम्ति, सामाजिक न्यायको निम्ति, देशको समग्र भौतिक पूर्वाधार निर्माणको निम्ति, सुरुङमार्गको कुरा, स्वास्थ्यबीमाको कुरा, राष्ट्रमा रहेका सम्पूर्ण मजदूरका कुरा र उनीहरुलाई सामाजिक सुरक्षा कोष मार्फत बाड्ने कुरा, बीमा मार्फत हरेक वर्ष ३५०० तिरे पछि १ लाखसम्म बीमाको कुरा, वृद्धभत्ता बढाउने कुरा यी कामहरुको आधारमा जनताले नेकपा एमालेलाई मतदान गर्छन् । हामी फेरी जनादेश सहित आउँदैछौ ।  

     

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij