images

शनिवार, बैशाख २२ गते २०८१

टोल टोलमा एमाले 

टोल टोलमा एमाले 

images
images
images
बुधवार, बैशाख २१ २०७९
बुधवार, बैशाख २१ २०७९
  • टोल टोलमा एमाले 

    भैरहवा, २१ बैशाख । नेकपा एमालेले सबै वडाहरुमा चुनावी प्रचारलाई तिब्ररुपमा अंगाडी बढाएको छ । प्रत्येक वडाहरुमा घर दैलो गर्दै भोट माग्दै हिँडेको नेकपा एमाले टोल टोलमा पुगेको छ । स्थानी निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेले सिद्धार्थनगरमा प्रत्येक वडाका टोल टोलमा गीत गाउँदै नाच्दै भोट मागिरहेका छन् ।

    images
    images
    images

    नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकामा मेयरका उम्मेदवार डाक्टर राम प्रसाद बस्याल हंसिलो अनुहार सहित जनताको घर घरमा भोट माग्दै हिँडिरहेका छन् । बस्यालले जनताले किन भोट दिएछु भन्ने जीवनभर नगराउने बाचा गर्दै एमालेलाई बिजयी बनाउन आग्रह गरेका छन् ।

    "मैले मतदातालाई हार्दिक अनुरोध गर्दछु तपाइँहरुले मलाई मत दिनुहोस जनताको पक्षमा काम गर्ने छु । कुनै दिन गलत काम गर्ने छैन । किन मत दिएँ भन्ने कहिल्यै गराउने छैन", बस्यालले भने ।

    डाक्टर बस्याल अन्य पार्टीका उम्मेदवार भन्दा शालीन शैलीका र जीवनमा कहिँ कतै दाग नलागेका उम्मेदवार हुँदा अन्य पार्टीको समेत मत तान्दा बस्यालले सजिलै चुनाव जित्न सक्ने नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको दाबी छ । थापा भन्छन् एमाले संगठनमा पनि सबैभन्दा अब्बल छ, प्रबिधीमा अब्बल छ हरेक हिसाबले अंगाडी हुँदा सजिलै चुनाव जितीन्छ ।

    सिद्धार्थनगर नगरपालिकाका १३ वटाहरु मध्ये धेरै वडाका टोल टोलमा पुगेको एमालेले आफ्ना चुनावी अभियानलाई आक्रामक ढंगले अंगाडी बढाइरहेको छ । नेकपा एमाले सिद्धार्थनगर नगरपालिकाको उप मेयर पदकी उम्मेदवार उमा अधिकारीले एक पटक युवालाई मत दिएर जिताउन आग्रह गरेकी छिन् । अधिकारीले युवाका, खेलकुदका, विद्यार्थीका र महिलाका एजेन्टा सहित जनतासंग मत माग्दै हिँडेकी छिन् । अधिकारी पारिवारीक पृष्ठ भूमि पनि बलियो, राजनैतिक हिसाबले पनि अन्य भन्दा सक्षम भएका कारण चुनाव ढुक्कका साथ जितिने नेकपा एमालेको दाबी छ ।

    गत स्थानिय निर्वाचन बहुमत वडा अध्यक्ष सहित मेयर र उप मेयर जितेको एमालले उस पटक पनि आफ्नो बिरासत कायम नै राख्ने एमालेको दाबी छ । एमालेले सशक्त उम्मेदवार उठाएर जसरी पनि चुनाव जित्ने अभियानमा एकताबद्ध भएर चुनावी मैदानमा गएको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij