२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक छ : महामन्त्री थापा

शुक्रवार , बैशाख २३, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको जिकिर गरेका छन् ।

    शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका हुन् ।

    थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताए ।

    उनले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताए । उनले यसअघि पाँच बर्षको अवधिमा भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउनुपर्ने भएपनि कसैले पनि यसलाई ध्यान दिन नसकेको उल्लेख गरे ।


    कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक भएको भन्दै यसको भरपुर उपयोग गर्नुपर्ने धारणा राखे ।