२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विविध कार्यक्रमसहित रामनगर जेसीज सप्ताह सुरु

सोमवार , कार्तिक २४, २०७७

नवलपरासी, २० कार्तिक ।
विविध कार्यक्रमसहित रामनगर जेसीज सप्ताह २०२० सुरु भएको छ । सोमबार सर्वसाधारणलाई माक्स वितरण गर्दै सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विविध सामाजिक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिने जेसीज वर्ष २०२० का अध्यक्ष जेसी भोजराज पौडेलले बताए ।

सर्वसाधारणलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण, आश्रममा खाद्यान्न सामाग्री वितरण, वृक्षारोपण कार्यक्रम, चित्रकला एवं बिवन्ध लेखन प्रतियोगितासहित र पुरस्कार वितरण कार्यक्रम समेत गरिने उनले बताए । 

कार्यक्रम २८ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो बसन्त पन्तको संयोजकत्व तथा सुनवल नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डेको प्रमुख आतिथ्यतामा भुमही चोकमा सर्वसाधारणलाई झण्डै ३ सय थान माक्स वितरण गरिएको छ ।
त्यस्तै दोस्रो दिन सुनवल १३ मा रहेको वृद्ध आश्रममा तारा पाण्डेको संयोजकत्वमा खाद्यान्न सामाग्री वितरण कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रमको तेस्रो दिन कुश्माखर चापागाईंको संयोजकत्वमा चित्रकला एवं निबन्ध लेखन प्रतियोगिता सञ्चालन हुँदैछ । त्यस्तै कार्यक्रमको चौथो दिन डिल्लीराम सुवेदीको संयोजकत्वमा भुमही क्षेत्रमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ भने कार्यक्रमको पाँचौ तथा अन्तिम दिन  देवकला खनालको संयोजकत्वमा पुरस्कार वितरण, शुभकामना एवं समापन समारोह कार्यक्रमको आयोजना गरिने भएको छ ।