images
images

आइतवार, जेठ ६ गते २०८१

महिला, बालबालिकाको स्वास्थ्य र सरसफाईमा विशेष काम गर्ने योजना छ

महिला, बालबालिकाको स्वास्थ्य र सरसफाईमा विशेष काम गर्ने योजना छ

images
images
images
सोमवार, बैशाख २६ २०७९
सोमवार, बैशाख २६ २०७९
  • महिला, बालबालिकाको स्वास्थ्य र सरसफाईमा विशेष काम गर्ने योजना छ

    भैरहवा २६ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदकी उम्मेदवार विनिता गुप्ताले विभिन्न एजेण्डा लिएर घरदैलो अभियानलाई तीव्रता दिएकी छन्। सानैदेखि राजनीतिक संस्कारमा हुर्किएकी गुप्ता स्थानीय तह निर्वाचन २०७९ मा राप्रपाबाट उपमेयर पदको उम्मेदवार बनेपछि महिला, वालबालिका तथा वातावरण सम्बन्धी एजेण्डा लिएर जनताका माझ गएकी छन् ।

    images
    images
    images

    चुनावका बेला ठुला ठुला चुनावी एजेण्डा लिएर जनताका बीचमा जानु भन्दा पनि आफू निर्वाचित भएपछि काम गर्न सक्ने खालका एजेण्डा लिएर मतदाता माझ पुगेको उनको भनाइ छ। ‘म जनतामाझ जादा सर्वसाधारण जनताले भोग्नु परेका साना भन्दा साना घरायसी समस्यादेखि नगरमा देखा परेका र टड्कारो ?पमा आवश्यक परेका समस्यालाई सम्बोधन गर्न सक्ने गरी एजेण्डा बनाएर हिंडेकी छु उनले भनिन् ।

    ‘मैले प्रस्तुत गरेको प्रतिवद्धता अनुसार महिला, नवजात शिशु तथा बालबालिका, बेरोजगार युवा, अशक्त तथा वृद्ध, नगरको प्रदूषण तथा फोहर व्यवस्थापन, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच, नगरको सौन्दर्यकरण र महिला सशक्तिकरण तथा सचेतनाका विषयबस्तुलाई प्राथमिकता राखेकी छु, ’उनले भनिन्, ‘म निर्वाचित भएपछि सबैभन्दा पहिला महिलाको पाठेघरसंग सम्बन्धित रोग र पाठेघरको क्यान्सरवि?द्ध खोपका लागि पहल गर्नेमा विशेष प्राथमिकता दिनेछु ।’

    पूर्वाधार विकास र पर्यटन विकासका लागि पनि आफूले योजना बनाएर अगाडि बढ्ने सोच बनाएको भन्दै गुप्ताले नगरको फोहर व्यवस्थापन र सरसफाईमा समेत काम गर्ने योजना रहेको उल्लेख गरिन् ।

    उनले आफु निर्वाचित भएपछि नवजात शिशु स्याहार केन्द्र, बालबालिकाको लागि बालरोग विशेषज्ञको सेवा, विपन्न परिवारको बालबालिकामा पोषणयुक्त खाने कुराको  व्यवस्थापन, जनचेतना प्रवाह लगायतका बिषयमा काम गर्ने योजना रहेको बताइन् ।

    अहिले महिलाह?मा खासगरी पाठेघरको क्यान्सर, पाठेघर खस्ने लगायतका पाठेघर सम्बन्धि धेरै रोग भित्र भित्रै लुकाएर बसेका छन्, यी कुराले मेरो मन निकै छोएको छ, यी क्षेत्रमा काम गर्नुपर्ने छ उनले भनिन्, ‘त्यसका साथ साथै छात्रा महिनावारी भएका बेला विद्यालयमा निःशुल्क सेनेटरी प्याड नभएकाले अध्ययन नै छाड्ने गरेको बिकराल अबस्था छ, यसको व्यवस्थापनका लागि मैले काम गर्नेछु ।’

    ‘नगरभित्रै पनि बालविवाह, दाइजो, बेचबिखन, बलात्कार, घरेलु हिंसा लगायतका समस्या विद्यमान छन्, यी समस्यासँगको लडाइका लागि नै मेरो उम्मेदवारी हो उनले भनिन् । त्यसैले गर्न नसक्ने ठूलाठूला आश्वासन बाँड्नु भन्दा समाजमा लुकेर रहेका समस्या समाधान र गर्न सक्ने मुद्दा उठाएकी छु त्यसका लागि मलाई एक पटक मौका दिनुहुनेछ भन्ने अपेक्षा लिएकी छु । यसका साथै नगरलाई हरियालीसहितको ‘ग्रिन क्लिन र हेल्थ’ नगर बनाउने मेरो योजना रहेको छ, ’गुप्ताले भनिन् ।

    घरदैलोको क्रममा पुग्दा मलाई आम मतदाताले पिछडिएको मधेशी समुदायको नेपाली चेली जनप्रतिनिधि बनेर समाजको नेतृत्व गर्न खोजेको भन्दै खुसी हुनु भएको पाए उनले भनिन, ‘मलाई यसले हौसला प्रदान गरेको छ ।’

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij