२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

सोमवार , कार्तिक २४, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २४ कार्तिक ।

    रुपन्देहीमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार नाघेको छ । सोमबार थप  ७८ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार २४ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

    स्वास्थ्य कार्यालयका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका १७, सिद्धार्थनगर नगरपालिकाका ११, तिलोत्तमा नगरपालिकाका २१, देवदह नगरपालिकाका ९, शुद्धोधन गाउँपालिकाका ५, सैनामैना नगरपालिकाका ९, गैडहवा गाउँपालिका र ओमसतिया गाउँपालिकाका २/२ तथा सियारी र रोहिणी गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३४ महिला र ४४ जना पुरुष छन् ।

    जिल्लामा हालसम्म ५ हजार ६ सय १ जना कोरोना संक्रमित निको भएका छन् भने १ हजार ३ सय ४२ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म रुपन्देहीमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।