
सोमवार , बैशाख २६, २०७९
काठमाडौँ, २६ वैशाख। जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरका खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ।दुवै टोली आफनो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन । एकदिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो। पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो।
भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो। त्यसअघि तीन टि ट्वान्टी सिरिज पनि भएको थियो। सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij