२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

वडाबासी परिवर्तन चाहन्छन् 

मंगलवार , बैशाख २७, २०७९

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बाबू जवर सिंह

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तर्फबाट

    वडा अध्यक्ष पदका उम्मेदवार

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १, रुपन्देही

    चुनावी अभियान कसरी अगाडि बढ्दै छ ?

    चुनावीअभियान मेरो वडाको जनताले अगाडी बढाइरहेका छन् किनकी म जनताको सेवक हुँ ।

    चुनाव जित्ने आधार के के हुन् ?

    चुनावजित्ने आधार भनेको म निरन्तर जनताको बीचमा छु । म जनताको मन जित्न सफलभएको छु ।

    मतदाताले तपाईलाई नै किन जिताउने ?

    मतदाताले एक शिक्षित, प्रशासनिक अनुभव भएको र कुशल नेतृत्व भएको सेवक पाउनेछन् । मेरो जीवन जनताको सेवामा नै समर्पित हुनेछ भन्ने विश्वासका साथ म आएको छु ।

    वडाको विकासका लागि तपाईंका योजना र प्राथमिकता के के छन् ?

    वडाको विकासकालागि मेरो योजना निम्नअनुसार छन् ।

    – बजार व्यवस्थापन र सरसफाईमा जोड दिनेछु ।

    – विपन्न महिलालाई रोजगारको व्यवस्था गर्नेछु ।

    – बेरोजगार युवाहरुको लागि रोजगारीको अवसर सिर्जना गर्नेछु ।

    – सुत्केरी महिलालाई पोषणका लागि रकम उपलब्ध गराउनेछु ।

    – किसानको लागि सिंचाईको व्यवस्था मिलाउनेछु ।

    – वडाका प्रत्येक गाउँमा सोलार प्यानल जडान गर्नेछु । एक घर एक हैण्ड पम्पको व्यवस्था गर्नेछु ।

    – वडाका विपन्नकालागि निःशुल्क औषधी उपचारमा सहयोग गर्नेछु ।

    – समृद्ध र नमूना वडाको रुपमा विकास गर्नेछु ।

    वडाका मुख्य समस्याका के के छन् ?

    बजार व्यवस्थापन र सरसफाई नहुनु, सिंचाईको समस्या तथा शुद्ध खाने पानीको समस्या रहेका छन् ।

    वडामा यहाँको मुख्य प्रतिष्पर्धी पार्टी कुन हो ?

    वडामा मुख्य प्रतिष्पर्धी कोही छैन किनभने म निरन्तर जनताको बीचमा रहने नेताहुँ । सबै जनताको सुख दुःखमा साथ दिने नेता हुँ ।

    राजनीतिक दलका नेतातथा कार्यकर्ता निर्वाचनको बेला मात्र घरदैलोमा आउँछन्, अन्य बेला आउँदैनन् र निर्वाचन जितेपछि पनि जनतालाई बिर्सनछन् भन्ने गुनासो छ नी?

    अबको चुनावमा जनताले आफ्नो मत प्रयोग गरी जनताको बीचमा नरहने नेतालाई जवाफ दिनेछन् । अहिलेको मतदाता सचेत छन् । मैैले निरन्तर गरेको सेवाको मुल्यांकन गर्नेछन् ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    अन्त्यमा के भन्न चाहन्छु भने वडाको विकासकालागि हाम्रो होइन, राम्रोलाई मतदान गरौं । अबको चुनाव जन सेवकको पक्षमा हुनेछ । वडाबासी परिवर्तन चाहन्छन् । त्यसैले सम्पूर्ण मतदातालाई जनता समाजवादी पार्टी, नेपाल (जसपा)को चुनाव चिन्ह छातामा मतदान गरी अत्याधिक मतले विजयी गराइदिनुहुनकालागि अनुरोध गर्दछु ।