images

शनिवार, बैशाख १५ गते २०८१

बुटवलमा एमालेका मेयरका उम्मेदवार भट्टराईले हडपे मुख्य सडक

बुटवलमा एमालेका मेयरका उम्मेदवार भट्टराईले हडपे मुख्य सडक

images
images
images
मंगलवार, बैशाख २७ २०७९
मंगलवार, बैशाख २७ २०७९
  • बुटवलमा एमालेका मेयरका उम्मेदवार भट्टराईले हडपे मुख्य सडक

     बुटवल । नेकपा एमालेवाट बुटवल उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएको खुलेको छ । अहिले उनको बुटवलमा श्रवणपथ र मुख्य राजमार्गमा गरी दुईवटा भव्य घर छन । तर उनको मुख्य राजमार्ग मकरध्वजको औषधीपसल अगाडी रहेको घर भने वाटो मिचेर बनाएका छन् ।

    images

    गुल्मीका एक जना वोहरा थर भएका व्यक्तिसंग किनेको उनको जग्गामा उनले घर वनाउन थालेपछि विवाद भएको थियो । बुटवलको मुख्य राजमार्ग चौराह-गोलपार्क खण्डको अस्पताललाईनमा उनले सडक मिचेर भवन बनाएका हुन् । यो सडक विस्तारमा कांग्रेसले अवरोध गरेको झुट्टा आरोप लगाईरहदा उनी आफै सडक कब्जा गरेर भवन बनाएको खुलेको हो ।

    यो विवाद वढ्दै गए पछि जग्गाको मुद्धा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । सो विवादास्पद जग्गामा उनले घर वनाए । तर त्यतिले पनि नपुगेर वांकी रहेको अरु जग्गा कव्जा गर्न उनले पटक पटक प्रयास गर्दै आइरहेका छन ।

    पुस्पलाल पार्कको छेउमा रहेको वाटोको जग्गा कव्जा गर्ने उद्देश्यले छतका छडहरु घर वनाउदै गर्दा नै वाहिर निकालेका छन । जुन अहिले पनि देख्न सकिन्छ । जहाँ उनले ट्रस्ट बनाएर व्यापारिक प्रयोगमा ल्याउने तयारी गरेका छन् ।

    बुटवलमा उपमहानगरनगरपालिकाले उनको संरक्षण गरेकै कारण पछिल्लो पटक उक्त विवादास्पद जग्गा भाडामा लगाउने उद्देश्यले फलामका सेड पनि उठाएका छन तर स्थानीयको विरोधका कारण काम पुरा गर्न भने पाएका छैनन ।

    279144039_759321315434908_1525164680871084386_n.jpg

    तर उनले निरन्तर सरकारी जग्गा कब्जाको रणनीति अघि सारेका छन् । उनी बुटवलको चौराह-गोलपार्क सडक निर्माणमा आफ्नो घर पनि पर्ने भएपछि पैसा उठाउने काममा अगुवाई गरेका थिए ।

    उनले नेताहरु भेट्ने र लेनदेन मिलाउने काम गरेको प्रमाण फेला परेको छ । यो आरोपबाट जोगिन उनले यसमा अन्य दलका नेताहरुमाथि दोष थोपर्दै आएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij