२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती पैसा बाँडेकाे आराेपमा पक्राउ

बुधवार , बैशाख २८, २०७९

  • 11.0K
    Shares
  • 11.0K
    Shares
  • बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकि श्रीमती पैसा बाँडेकोमा पक्राउ परेकी छिन्। उनीमाथि पैसा बाडेको आरोप लागेको छ ।

    वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले उनकी श्रीमती माया भट्टराईलाई फेला पारेपछि उनी स्थानीयको घरमा लुकेर बसेकी थिईन्। घरको गेटबाहिरबाट ताला लगाएर लुकेर बसेकी उनलाई प्रहरीले ताला फोडेर निकालेको हो ।

    सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

    280585212_3125997994329859_7382000576502300295_n.jpg

    पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।