२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सिनपा ३ मा बैशाखीको साहरामा आएर एक महिलाले गरिन मतदान

शुक्रवार , बैशाख ३०, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ३ की एक जना अपाङगता भएकी महिलाले मतदान गरेकी छन्। 

    सिनपा ३ खजरसियाकी मोविना खातुनले बैशाखीको साहरामा आएर खजहना आधारभुत स्कुलको मतदान केन्द्रबाट मतदान गरेकी हुन्। 
    उनले आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चयनका लागि मतदान गर्न आएको बताईन्। 

    चुनावमा मत माग्न जादा उम्मेदवारहरुले बिभिन्न आशा र प्रलोभन देखाएपनि अहिले सम्म आफ्नो स्वास्थ्य उपचारका लागि कसैले पनि केहि नगरेको बताईन।

    खुट्टा सुन्निएर दुख्न थालेपछि उनको एउटा खुट्टाले राम्रोसंग नटेक्दा बैशाखीको साहरामा भोट हाल्न आएको बताउने उनले सिद्धार्थनगर नगरपालिकामा अपाङगता भएका व्यक्तिका लागि भत्ता र अन्य सुबिधिा पाउने भनेत्ता र अन्य सुबिधिा पाउने भनेर ३÷४ हजार खचिएर कार्ड बनाएपनि कुनै पनि सेवा सुबिधा नपाएको गुनासो गरिन। 

    उनले अब चुनिने जनप्रतिनिधिले आफ्नो स्वास्थ्य उपचारका लागि सहयोग पाउनेमा आशावादी छन्।