images

मंगलवार, बैशाख ११ गते २०८१

नवलपरासी जिल्लामा ३ बजेसम्ममा ५१.२९% मत खस्यो, सबै पालिकाको मतगणना आज बाटै सुरु हुने

नवलपरासी जिल्लामा ३ बजेसम्ममा ५१.२९% मत खस्यो, सबै पालिकाको मतगणना आज बाटै सुरु हुने

images
images
images
शुक्रवार, बैशाख ३० २०७९
शुक्रवार, बैशाख ३० २०७९
  • नवलपरासी जिल्लामा ३ बजेसम्ममा ५१.२९% मत खस्यो, सबै पालिकाको मतगणना आज बाटै सुरु हुने

    बैशाख ३०, नवलपरासी ।  पश्चिम नवलपरासीका ३ नगरपालिका र ४ गाउँपालिका सहित सातवटै स्थानिय तहहरुमा दिउसो ३ बजेसम्म ५२५ मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए।

    images

    जिल्लामा रहेका २ लाख ३७ हजार १ सय २५ जना मतदाताहरुमध्ये सो समयसम्म १ लाख २४ हजार मत खसेको हो । सात स्थानीयतहका २ सय ८३ मतदानकेन्द्रमा  बिहानैदेखि शान्त वातावरणमा मतदान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए ।

    दक्षिण भारतसंग सिमा जोडिएका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाका ५ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिल, ६१ वटा मतदान केन्द्रलाई संवदनशिल मतदान केन्द्र छुट्ट्याएर विशेष सुरक्षा ब्यवस्थाका साथ मतदान प्रक्रिया चलिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
    यस्तै साझ ५ बजे मतदान सकिएसङ्गै जिल्लाका सबै पालिकाको मतगणना आज साझबाटै सुरु गर्ने तयारी गरिएको छ ।

    सुनवल नगरपालिकामा बालबिकाससको भवन, रामग्राम नगरपालिकामा आदर्श माध्यमिक बिद्यालय र अन्य पालिकामा पालिकाकै सभाहलमा मतगणनाको व्यवस्था मिलाइएको छ । ७ वटै पालिकाको मतगणना स्थलमा जालीको बार, सिसी क्यामेराहरुको व्यवस्था मिलाइएको छ भने सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित म्यादी प्रहरीको तीन स्तरको सुरक्षा घेरा बनाइने छ ।

    मतगणना स्थलमा लगाईएका सिसी क्यामेराहरुबाट निर्वाचन कार्यालयको गतिविधी निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट समेत निगरानी गर्न सकिने ब्यवस्था मिलाइएको जिल्ला मुख्य निर्वाचन आयुक्त ध्रुबकुमार शाहले बताए।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij