images

बुधवार, बैशाख १९ गते २०८१

नेपालगञ्जमा कंग्रेसकै  अग्रता

नेपालगञ्जमा कंग्रेसकै  अग्रता

images
images
images
आइतवार, जेठ १ २०७९
आइतवार, जेठ १ २०७९
  • नेपालगञ्जमा कंग्रेसकै  अग्रता

    नेपालगञ्ज, १ जेठ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् ।

    images
    images
    images

    राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् । 
    उपप्रमुखमा जसपाका कमरुद्दिन राईले  एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले  एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेका छन् ।

    वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।

    मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना  सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij