२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

तिलोत्तमाको मतगणनामा कर्मचारीबाट धाँधली, कांग्रेसकाद्वारा नारावाजी

मंगलवार , जेठ ३, २०७९

भैरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले गणनामा धाँधली गरेको पाईएको छ। 

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १६ को मतगणना चलिरहदा गणनामा खटिएका कर्मचारीले मतगणनाको रेकर्ड राख्दा धाँधदी गरेको हो। 

मतगणनाको मत परिणाम राख्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ हुन पर्नेमा ११४ राखिएको तथा नेकपा एमालेको २५९ हुनु पर्नेमा २९६ रेर्कडमा चढाएपछि नेपाली काग्रेसले चर्को बिरोध जनाएको छ। 

आयोगका कर्मचारीले नै मतगणनामा धाँधली गरेपछि अहिले मतगणना स्थलमा कांग्रेस समर्थकले नारावाजी गरेका छन्। निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गर्दै मतगणनाको रेकर्ड राख्दा मगगणनामा खटिएका दलका प्रतिनिधिलाई हस्ताक्षर गराएर मात्रै रेर्कड राख्ने बताएको छ। 

तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमाले वीच सुरुवाती चरणबाटै कडा प्रतिष्पर्धा चलिरहेको छ। नेपाली कांग्रेस अगाडि बढेपछि सुनियोपजत तरिकाले कर्मचारी नै मत बढाईने खेलमा उद्यत रहेको भन्दै नेपाली कागेंसले आयोग प्रति रोष प्रकट गरेको छ। नेपाली कांग्रेसका नेता माधवलाल देवकोटाले आयोगका कर्मचारीलाई सच्चीएर स्वतन्त्र रुपमा मत गन्न चेतावनी दिएका छन्।