images

बुधवार, बैशाख १९ गते २०८१

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

images
images
images
मंगलवार, जेठ ३ २०७९
मंगलवार, जेठ ३ २०७९
  • टोखामा प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

    काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् ।

    images

    कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ हजार ४३० मत ल्याई अग्रता लिएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारीले आठ हजार २२६ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले राससलाई जानकारी दिए । 

    यस्तै, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै उम्मेदवार मुरारी तामाङले अग्रता लिएका छन् । तामाङले आठ हजार ४११ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानमायाँ डङ्गोलले सात हजार ६६३ मत प्राप्त गरेका छन् ।

    टोखाको हालसम्म आठवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । तीमध्ये वडा नं १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने, वडा नं २ मा नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठ, वडा नं ३ मा एमालेकै रमेश डङ्गोल, वडा नं ४ मा एमालेका धर्मेन्द्र श्रेष्ठ र वडा नं ५ मा एमालेकै मदन गुरुङ अध्यक्षमा विजयी भएका छन् ।

    यस्तै, वडा नं ६ मा कांग्रेसका शान्ता खनाल, वडा नं ७ मा एमालेका नरोत्तम राना र वडा नं ८ मा एमालेकै रमेश खत्री अध्यक्षमा विजयी भएका छन् । टोखामा अहिले वडा नं ९, १० र ११ को मतगणना भइरहेको छ । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको निर्वाचन अधिकृत शर्माले बताए ।  रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij