२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

सिद्धार्थनगर ८ मा कांग्रेसका राजनजंग राणा बिजयी

बुधवार , जेठ ४, २०७९

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार राजनजंग राणा बिजयी भएका छन्। 

    उनले नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार उमेश थापालाई पराजीत गर्दै बडा अध्यक्षमा निवाएचित भएका छन्। राणाले एक हारा ४८४ मत ल्याएका थिए भने थापाले एक हजार २१२ मत ल्याएका थिए। 

    राणाले यस अघि २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए। 

    वडा सदस्यमा भने एमालेका उम्मेदवारहरुले निर्वाचन जितेका छन्। वडा सदस्यमा यस अघि पनि एमालेका उम्मेदवारले निर्वाचन जितेका थिए। 
    सिद्धार्थनगरमा नेपाली कांग्रेसले वडा नम्बर ८ सहित ७ र ६ मा पनि बिजयी हासिल गरेको छ। 

    सिद्धार्थनगरको प्रमुखमा नेपाली काग्रेसका ईश्तियाक अहमद खान अगाडि छन् भने उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी अगाडि छन्।