२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सिद्धार्थनगर–११ मा एमालेका दिलिप यादव विजयी

बुधवार , जेठ ४, २०७९

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ४ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिलिप कुमार यादव ४८२ मतसहित विजयी भएका छन् । यादवका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राजेश्वर यादवले ४४६ मत प्राप्त गरेका छन् । 

    त्यस्तै वडा सदस्यमा एमालेका अकबाल अहमद, कांग्रेसका विनोद बरई, महिला सदस्यमा कांग्रेसका रम्भावती चाई र दलित महिला सदस्यमा कांग्रेसकै शुशिला ढाडी निर्वाचित भएका छन् । 

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर–११ को अध्यक्षमा पनि एमालेका दिलिप कुमार यादव निर्वाचित भएका थिए ।