२०८३, आषाढ ३० गते

Jul 14 2026 | २०८३, आषाढ ३० गते

अर्घाखाँचीको भुमिकास्थानमा एमालेलाई हराउँदै जनमोर्चा विजयी

बुधवार , जेठ ४, २०७९

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • बुटवल। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले जीत निकालेको छ। मतगणनामा एमालेका रेशम थापालाई हराउँदै जनमोर्चाका झविलाल थापा विजयी भए। उनले ८३२४ मत प्राप्त गरे।

    प्रतिस्पर्धी थापाले ७५२४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने माओवादीका बालकृष्ण बञ्जाडे विजयी भएका छन्। बञ्जाडेले ७५५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेकी बसन्ता पौडेलले ६८६४ मत पाइन्।