images

मंगलवार, बैशाख ११ गते २०८१

बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज

बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज

images
images
images
बुधवार, जेठ ४ २०७९
बुधवार, जेठ ४ २०७९
  • बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज

    बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले एमाले उम्मेदवारसँगको अन्तरलाई थप फराकिलो बनाएका छन्।

    images

    बुटवल उपमहानगरपालिकामा २७ हजार ३४४ मतगणना हुँदा प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयले  १३ हजार ४१८ मतसहित अग्रता कायम राखेका छन्। नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई उनीभन्दा निकै पछाडि परेका छन्। बाबुरामले अहिलेसम्म ८ हजार ९७२ मत पाउँदै  ४ हजार ४४६ मतले पछि छन्।

    राप्रपाका मृगेन्द्रकुमार शेरचन २ हजार ३७४ मत ल्याउँदै तेश्रो स्थानमा छन्।

    उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले ९ हजार ९७८ मतसहित अग्रता लिइरहेकी छन्। उनलाई नेकपा एसका चिनबहादुर गुरुङले ७ हजार २७७ मतसहित पछ्याइरहेका छन्। उपप्रमुखमा राप्रपाकी भगवती पाण्डेयले ३ हजार ३०७ मत पाएकी छन्।

    ६० हजारभन्दा बढी मत खसेको बुटवलका १९ वडामध्ये वडा नं १ मा कांग्रेसका बागी नरेन्द्र बस्नेत, २ मा नेकपा एसका सुनिल शाक्य, ३ मा रुख चिन्हबाट लडेका विष्णुप्रसाद ढकाल, ४ मा कांग्रेसका नरिश्वर पौडेल, ५ मा कांग्रेसका हरिप्रसाद श्रेष्ठ, ६ मा कांग्रेसका लोकनाथ न्यौपानेले जितेका छन्। 
    यस्तै वडा नं १६ मा कांग्रेसका कृष्णप्रसाद पौडेल, १७ मा कांग्रेसका ज्ञान बहादुर रेश्मी, १८ मा एमालेका गुरुप्रसाद पंगेनी र १९ मा एमालेका चन्द्र सिंह थापाले जितेका छन्।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij