२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

देवदह नगरपालिकाको प्रमुखमा एमालेका खरेल र उपप्रमुखमा गुरुङ विजयी

बुधवार , जेठ ४, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ४ जेठ । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ध्रुव खरेल निर्वाचित भएका छन् । एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनमा उम्मेदवार बनेका हीरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए । खरेलसंग पराजित भएका नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति समेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

    त्यसै गरी नगर उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की सुन्दरी गिरीलाई ६४९४ मतान्तरले पराजित गरेकी छन् ।

    ४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउँदा गिरीले ७ हजार दुई सय ९० मत पाइन् ।