images

शुक्रवार, बैशाख १४ गते २०८१

सिद्धार्थनगर नगरपालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई

सिद्धार्थनगर नगरपालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई

images
images
images
बिहिवार, जेठ ५ २०७९
बिहिवार, जेठ ५ २०७९
  • सिद्धार्थनगर नगरपालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई

    भैरहवा, ५ जेठ । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कारबाट भैरहवाका तीनजना पत्रकार पुरस्कृत भएका छन । ‘पत्रकारिता पुरस्कार–२०७८’ बाट भैरहवाका पत्रकार रबिन्द्र प्रताप गुप्ता, प्रकाश न्यौपाने र चेतन पन्त जनही २५ हजारसहित कदरपत्रद्वारा पुरस्कृत भएका हुन् । 

    images

    पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्याएको भन्दै भैरहवाका तीन पत्रकारलाई पुरस्कृत गरिएको हो । पत्रकार गुप्ता गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक, खबरपात्रो डट कम, बुद्ध सामुदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । पत्रकार न्यौपाने पब्लिक कुरा डट कम, लुम्बिनी सामुदायिक टेलिभिजन र न्यूज २४ टेलिभिजनमा आबद्ध छन् । पत्रकार पन्त स्वतन्त्र पत्रकार हुन् ।

    IMG_8231.JPG

    पत्रकार चेतन पन्त हाल उपचारको क्रममा भारतमा रहेका हुँदा उक्त पुरस्कार नगरपालिकाका प्रेस सल्लाहकार शंकर प्रसाद पाण्डेले बुझेका थिए । नगरप्रमुख हरि प्रसाद अधिकारी, उप–प्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले पत्रकारिता पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले नगरपालिकाले गरेका त्रुटी औल्याउन र यस बारे नगरपालिकालाई सावधान बनाउन आवश्यक रहेको बताए । उनले यो क्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने औल्याए । कोभिड–१९ को महामारीको दौरान पत्रकारहरुले उत्कृष्ट काम गरेको उनले बताए । उनले अब थप खरो तरिकाले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले अब सिद्धार्थनगर नगरपालिकालाई पर्यटकीय नगर बनाउनका लागि सहयोग हुने गरी पहल गरिदिन आग्रह गरे । उनले पहिलो पटक सिद्धार्थनगर नगरपालिकाले अक्षयकोष स्थापना गरेर अगाडि बढेको बताए ।

    त्यस्तै उपप्रमुख उमा काफ्लेले पत्रकारिता पेशा कष्टदायी पेशा रहेकोले पत्रकारलाइ उत्प्रेरित गर्न पुरस्कृत गरिएको बताइन । उनले पुरस्कार पहिले नै दिने निर्णय भए पनि निर्वाचनको कारण वितरणमा केही ढिलाइ भएको बताइन् । 

    IMG_8238.JPG

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले पत्रकारिता, साहित्य, खेलकुद लगायतमा नगरपालिकाले अक्षयकोष स्थापना गरी यस्ता सम्मान एवं पुरस्कार वितरण कार्यक्रमलाइ आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
    नगरपालिकाले उत्कृष्ट पत्रकार चयन गर्न पत्रकार कुलमणी ज्ञवालीको संयोजकत्वमा पत्रकार शंकर पाण्डे, दिपेश पछाई, नरेश केसी र नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा सदस्य रहेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij