images

शुक्रवार, चैत्र १६ गते २०८०

सियारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थानेश्वर घिमिरे विजयी

सियारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थानेश्वर घिमिरे विजयी

images
images
images
बिहिवार, जेठ ५ २०७९
बिहिवार, जेठ ५ २०७९
  • सियारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका थानेश्वर घिमिरे विजयी

    भैरहवा, ५ जेठ ।
    रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अयोध्या थारुले ७ हजार २ सय ६८ मत ल्याएका छन् ।

    images
    images
    images

    त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार तारा थारु ८ हजार ९ सय ९० मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अमृता गुरुङले ७ हजार २ सय ६९ मत ल्याएकी छन् ।

    त्यस्तै सियारी गाउँपालिका वडा नम्बर १ मा राप्रपाका अरुणकुमार शाही, वडा नम्बर २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij