images

शुक्रवार, बैशाख १४ गते २०८१

विष्णु पौडेलको वडामा हार्‍याे एमाले, वडाध्यक्षमा कांग्रेसका पंगेनी निर्वाचित 

विष्णु पौडेलको वडामा हार्‍याे एमाले, वडाध्यक्षमा कांग्रेसका पंगेनी निर्वाचित 

images
images
images
शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • विष्णु पौडेलको वडामा हार्‍याे एमाले, वडाध्यक्षमा कांग्रेसका पंगेनी निर्वाचित 

    बुटवल। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै वडामा एमाले पराजित भएको छ । 

    images

    पौडेलको वडा बुटवल ८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन्। कांग्रेसका उम्मेदवार पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पराजित गरेका हुन्।  

    वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १ हजार ५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले १ हजार ५०८ मत प्राप्त गरे। एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो। 

    प्रदेश राजधानीलाई अर्थमन्त्री पदसंग साटेको झोकमा बुटवल ८ का मतदाताले पौडेलको पार्टी नेकपा एमालेलाई उठ्न नसक्ने गरी पछारेको टिप्पणी गरेका छन्। 

    बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डे ५ हजार बढी मत अन्तरले अगाडि छन्। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij