images

बिहिवार, बैशाख १३ गते २०८१

रुपन्देहीका जनप्रतिनिधिले लिए शपथ

रुपन्देहीका जनप्रतिनिधिले लिए शपथ

images
images
images
शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • रुपन्देहीका जनप्रतिनिधिले लिए शपथ

    भैरहवा, ६ जेठ । 
    रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । रुपन्देहीको सिद्धार्थनगर, देवदह नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, मायादेवी, ओमसतिया र कञ्चन  गाउँपालिकाका नवनिर्वाचित प्रमुख/अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । भैरहवामा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत धनसिंह महराले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराएका हुन् ।

    images

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, देवदह नगरपालिकाका प्रमुख धु्रव खरेल, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधनका अध्यक्ष विष्णु प्रसाद बस्याल, ओमसतियाका अध्यक्ष मञ्जित कुमार यादव, रोहिणीका अध्यक्ष विद्या प्रसाद यादव र कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सपथ ग्रहण लिएका हुन् ।

    त्यस्तै पालिकाका निर्वाचित प्रमुख÷अध्यक्षहरुले उपप्रमुख÷उपाध्यक्ष, वडाअध्यक्ष तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
    कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत धनसिंह महराले सबैको सदभाव र सहयोगले निर्वाचनका दौरान रुपन्देहीमा कुनै अप्रिय घटना नभएको बताए । उनले निर्वाचनमा कसैको जमिनदारीको हिसाबले प्राप्त हुने पद नभएको बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी जनतालाई केन्द्रमा राखेर कानूनमा रही काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । उनले जनताले अनुभुति गर्ने गरी भूमिका निर्वाह निर्वाह गर्न आग्रह गरे ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद कोइरालाले राजनीतिक दल, सुरक्षाकर्मी, पत्रकार लगायतको सहयोगले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

    जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    ishteyaq  ahmed khan.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij