
शुक्रवार , जेठ ६, २०७९
प्रमुख खानले बृक्षा रोपण गरेर पदबहाली गर्ने बताएका छन्। वाताबरण संरक्षणमा बिशेष ध्यान दिनका लागि बृक्षारोपण कार्यलाई अगाडि बढाउन लागिएको बताउदै रोपिएका बिरुवाको संंरक्षण र सम्वद्र्धन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
नवनिर्वाचित नगरप्रमुख खानले नगरमा छाडा चौपाया व्यवस्थापनका लागि कान्जी हाउस, डुबानको समस्यालाई हटाउन नाला सफाइ, क्रियापुत्री भवन लगायतको कामलाई प्राथमिकता दिँदै महिला विद्यार्थी तथा बालबालिकाका लागि विशेष प्याकेज ल्याउने बताए।
सिद्धार्थनगरका निर्वाचितनगर प्रमुख ईस्तियाक अहमद खानलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस धनसिंह महराले शपथ ग्रहण गराएका हुन । यस्तै नगरप्रमुख खानले उपप्रमुखसहित वडाध्यक्षहरुलाई सपथ ग्रहणगराएका छन्।
सिद्धार्थनगरमा गठबन्धनबाट नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका ईस्तियाक अहमद खान नगर प्रमुखमा निर्वाचित भएका हुन्। उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएकी हुन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij