images

बिहिवार, बैशाख १३ गते २०८१

मदन भण्डारी स्मृति यु–१४ लिग क्रिकेट : उपाधि बुटवल टाईगर्सलाई 

मदन भण्डारी स्मृति यु–१४ लिग क्रिकेट : उपाधि बुटवल टाईगर्सलाई 

images
images
images
शुक्रवार, जेठ ६ २०७९
शुक्रवार, जेठ ६ २०७९
  • मदन भण्डारी स्मृति यु–१४ लिग क्रिकेट : उपाधि बुटवल टाईगर्सलाई 

    भैरहवा, ६ जेठ ।
    जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए ।

    images

    सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो । बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए ।
    सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो । सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रोहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टीमलाई जीत दिलाउन सकेनन् । कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३.५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा शुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    एक समारोहकाबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले पुरस्कार तथा प्रमाणपत्र र ट्रफि वितरण गरे । रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरी ६४ जना खेलाडीहरुको ४ टीम विभाजन गरी २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए । समापन समारोहमा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य, उपाध्यक्ष तथा आर्थिक विभाग प्रमुख देव कुंवर र केन्द्रिय सचिवालय सदस्य विनोद आचार्य, क्रिकेट विभाग प्रमुख शक्ति गौचन, जिल्ला अध्यक्ष मणिरत्न भण्डारी लगायतले बोल्दै उदियमान खेलाडीहरुलाई उज्जवल भविष्यको शुभकामना दिएका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij