शनिवार , जेठ ७, २०७९
भैरहवा। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ नेपाली कांग्रेसका उम्मेदवार झबिलाल भुसाल ९ मत अन्तरले विजयी भएका छन्।
भुसालले नेकपा एमालेका उम्मेदवार केशव चौधरीलाई पराजीत गरेका हुन्। भुसाल २०७४ सालमा पनि नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।
भुसालले १ हजार ४७५ मत गरेका छन् भने चौधरीले १ हजार ४६६ मत प्राप्त गरेका छन्। तिलोत्तमा १६ मा भुसालले प्यानल सहित बिजयी हासिल गरेका छन्।
यस्तै वडा नम्बर दुईमा पनि नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर दुईमा नेपाली कांग्रेसका डिल बहादुर भट्टराई विजयी भएका हुन्।
तिलोत्तमा १५ मा भने एमालेले जितेको छ। तिलोत्तमा १५ मा एमालेका खेमराज गुरुङ सहित सबै प्यानल विजयी भएका हुन्।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
